‘सकभर सरकारी गाडी चढ्दिन, स्कुटर प्रयोग गर्छु’–उपमेयर थापाले भनिन्


बाँके -नेपालगञ्ज उपमहानगरपालिकाकी उपमेयर उमा थापामगरले ‘सकभर सरकारी गाडी नचढ्ने’ गरेको बताएकी छन् । सुशासन कायम गर्न जनप्रतिनिधिको भूमिका महत्वपूर्ण हुने र त्यसका लागि आफुहरुले अधिकत्म प्रयास गरेको बताउँदै भनिन्,–‘बिशेष काममा बाहेक सामान्य अवस्थामा सरकारी गाडी चढ््दिन, स्कुटरमै आउने -जाने गर्छु ।’

अत्यावश्यक अवस्था बाहेक नेपालगञ्ज उपमहानगर भित्र र कार्यालय बिदाका दिन सरकारी गाडीको प्रयोग नगरेको बताईन । उनले भनिन्,–‘तर कहिले काही गाडी प्रयोग नगरी नहुने अवस्था आउँछ । अन्यथा अनावश्यक खर्च गर्न नपरोस् भन्ने बारेमा हामी पनि चिन्तित छौं ।’ नेपाल आर्थिक पत्रकार समाजले शनिवार नेपालगञ्जमा आयोजना गरेको एक अन्तरक्रिया कार्यक्रममा सुशासनका बिषयमा बोल्दै उपमेयर थापाले ‘सवारी साधनका हकमा मात्र नभई हरेक बिषयमा अनुशासन कायम गर्न लागिपरेको’ बताईन । उपमेयर थापाले उपमहानगरपालिका भित्र पारदर्शिता कायम गर्न धेरै प्रयास गरिएको दावी गरिन ।

उपमेयर थापाले ‘उपमहानगरपालिकाले गलत काम गरेको’ अवस्थामा कुनै संकोच नमानी समाचार प्रकाशन गर्न आग्रह गरिन । ‘त्यस्ता समाचार प्रकाशित गर्दा सम्बन्ध बिग्रिन्छकी नसोंच्नुहोला । निसंकोच भएर यहाँले यस्ता मुद्दाहरु उठाईदिनुहोस् ।’– उनले भनिन् । तर त्यस्ता समाचार प्रकाशित गर्दा व्यक्तिगत लान्छना लगाउँदा कसै माथि न्याय नहुने उप मेयर थापाको धारणा थियो ।

https://nepalgunjbusiness.com/2019/07/9553/

प्रकाशित मितिः     ११ श्रावण २०७६, शनिबार १६:४६  |