बाँके – आर्थिक वर्ष २०७५र ७६ को पहिलो छ महिनामा बाँकेका प्लाष्टिक उद्योगको उत्पादकत्व क्षमता १ सय ६० प्रतिशतले बृद्धि भएको छ । गत आर्थिक वर्षको साउनदेखि पुस महिनासम्म यहाँ रहेका प्लाष्टिक उद्योगले चार सय मेट्रिकटन प्लाष्टिकजन्य सामाग्री उत्पादन गरेका थिए । आर्थिक वर्ष २०७३र २०७४ मा यही छ महिनाको अवधीमा ५ मेट्रिकटन बराबरको प्लाष्टिकका सामान उत्पादन गरेका थिए । आर्थिक वर्ष २०७४र २०७५ मा बढेर १ सय ६० मेट्रिक टन बराबरको बिभिन्न प्लाष्टिकका सामाग्री उत्पादन भएको नेपाल राष्ट्र बैंकले सार्वजनिक गरेको अध्ययन प्रतिवेदनमा उल्लेख छ ।
नेपालगन्जमा गणपति, गरिमा, सुपर, लक्ष्मी, टण्डन जस्ता प्लाष्टिक उद्योग छन् । यि प्लाष्टिक उद्योगले प्लाष्टिकका घरायासी प्रयोग हुने सामाग्रीदेखि बिजुलीको काममा प्रयोग हुने सामाग्री पनि उत्पादन गर्दै आएका छन् । यहाँ उत्पादित प्लाष्टिक पश्चिम नेपालका बिभिन्न जिल्लामा बिक्री बितरण हुने गरेको गणपति प्लाष्टिक उद्योग प्रालिकी प्रबन्ध निर्देशक दिला शाहले बताईन । उनले भनिन्,–‘यहाँ उत्पादित प्लाष्टिकले ग्राहकको मन जितेको छ ।’
प्लाष्टिक उद्योगमा लाखौको लगानी छ । धेरैले रोजगारी पाएका छन् । अन्य उद्योग खासै फस्टाउन नसकिरहेका बेला प्लाष्टिक उद्योगले ठिकै बजार पाएका छन् । प्लाष्टिकको उत्पादकत्व क्षमता मात्र नभई गुणस्तरमा समेत उद्योगले ध्यान दिन थालेका छन् । हालै सन्चालनमा आएको गणपति प्लाष्टिक उद्योगले नम्बर एक कच्चा पदार्थबाट प्लाष्टिक निर्माण गर्दै आएको छ ।
कमसलखालको कच्चा पदार्थबाट बनेका प्लाष्टिकको प्रयोगले मानव स्वास्थ्यलाई असर पार्ने भएकाले गुणस्तरिय प्लाष्टिक निर्माण सुरु गरिउको गणपति प्लाष्टिक उद्योगकी प्रबन्धक शाहले बताईन । ‘हामीले सेवाग्राहीको स्वास्थ्यलाई समेत ध्यान दिएर प्लाष्टिकको सामान उत्पादन गरेका छौ ।’ शाहले भनिन् । गणपतिले घामबाट समेत नबिग्रने प्लाष्टिकका ड्रमहरु उत्पादन गर्दै आएको छ ।