साढे पाँच किलो चाँदीसहित एकजना पक्राउ


नेपालगञ्ज-बाँके प्रहरीले ठूलो मात्रामा चाँदीसहित एकजनालाई पक्राउ गरेको छ । भारतबाट गहनाका रुपमा थोरैथोरै गरी नेपालगञ्ज ल्याइएको चाँदी बर्दिया लैजाने क्रममा पक्राउ गरिएको हो ।

नेपालगञ्जको टाँगा स्टेशन नजिकबाट घुमुवा प्रहरीले चाँदी र मान्छेलाई नियन्त्रणमा लिएको थियो । चाँदीका गहनासहित सुभाष गुप्ता पक्राउ परेका छन् । नेपालगञ्जको देवाफूलबारीमा कोठा लिई बसेका गुप्ता पाँच किलो ४ सय ९५ ग्राम चाँदीका गहना लिएर बर्दिया जान निस्किने बेलामा प्रहरीले उनलाई नियन्त्रणमा लिएको हो ।

बाँके प्रहरी प्रमुख एसपी बीरबहादुर वलीले चाँदीसहित एकजनालाई पक्राउ गरिएको बतााउनुभयो । यसअघिका घटनाले पनि नेपालबाट चाँदी लिएर जाने र भारतबाट गहना बनाएर ल्याउने गरेको पाइन्छ ।

प्रकाशित मितिः     १३ श्रावण २०७६, सोमबार १८:२९  |