प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा विस्तार हुन सकेन, नीतिमा खोट लगाउँदै बैंकरहरु


काठमाण्डौ : बैंक तथा वित्तीय संस्थाहरुले राज्यको प्राथमिकता प्राप्त क्षेत्रमा राष्ट्र बैंकले तोकेको प्रतिशतमा कर्जा वितरण गर्न सकेका छैनन् । प्राथमिकता प्राप्त क्षेत्रको कर्जा माग हुँदा पनि लगानीयोग्य रकमको अभावमा बैंकहरुले कर्जा प्रवाह गर्न नसकेका हुन् । विगत २ बर्ष अगाडि देखी नै बैंक तथा वित्तीय संस्थाहरुले राष्ट्र बैंकले तोकेको मात्रामा प्राथकिता प्राप्त क्षेत्रमा लगानी गरेका छैनन् । आवश्यक स्रोतको अभाव हुँदा हाल बैंकहरुमा करिब ५ अर्ब भन्दा खर्ब रुपैयाँ बराबरको ऋणको फाइल बाँकी बसेको हो ।

पुँजीकोष तथा बैंकहरुले संकलन गरेको निक्षेपको ८० प्रतिशत मात्र लगानी गर्न पाउने निर्देशन राष्ट्र बैंकले गरेका कारणले बैंकहरुको २० प्रतिशत लगानी बैंकमा नै फ्रिज भएर बसेको हुनाले यस्तो अवस्था सृजना भएको बैंकर्स संघका अध्यक्ष ज्ञानेन्द्र ढुङ्गाना बताउछन् । आवश्यक लगानी योग्य रकमको अभाव तथा बैंकमा जम्मा भएको पैसा समेत पुर्ण लगानी गर्न नसक्दा प्राथकिता प्राप्त क्षेत्रमा तोकिएको मात्रामा कर्जा प्रवाह गर्न बैंकहरु असक्षम रहेको उनको भनाई हो ।

गत आर्थिक बर्ष बैंकहरुले २० प्रतिशत सम्म प्राथमिकता प्राप्त क्षेत्रमा कर्जा प्रवाह गर्नु पर्नेमा १८ प्रतिशत मात्र कर्जा प्रवाह गरेका थिए । राष्ट्र बैंकले चालु बर्ष २१ प्रतिशतले ऋण विस्तार गर्नु पर्ने निर्देशन मौद्रिक नीति मार्फत गरेको छ । आगामी आर्थिक बर्ष सम्म बैंक तथा वित्तीय संस्थाहरुले प्राथमिकता प्राप्त क्षेत्रमा तोकिको मात्रामा कर्जा विस्तार गर्न सक्लान् नसक्लान अन्यौता नै छ ।

बैंकिंगखबरबाट

प्रकाशित मितिः     १३ श्रावण २०७६, सोमबार १८:४१  |