प्रदेश ५ का सबै स्थानीय तहमा बैंक पुगे


राष्ट्र बैंकका अनुसार, प्रदेश १ को ताप्लेजुङस्थित मिक्काखोला गाउँपालिकामा शाखा खुल्न बाँकी छ। प्रदेश दुईको धनुसाको जिराभवानी गाउँपालिका र धनुसाको धनुषाधाम नगरपालिकामा शाखा खुल्न बाँकी छ।

प्रदेश ३ को धादिङस्थित नेत्रवति र रुवी भ्याली गाउँपालिकामा शाखा खोल्न बाँकी रहेको छ। प्रदेश ४ को मनाङस्थित नार्फु र गोर्खास्थित धार्चे गाउँपालिकामा शाखा खुल्न बाँकी रहेकोछ।

प्रदेश ६ का डोल्पास्थित काइके, छार्का र डोल्पो बुद्ध गाउँपालिका, कालिकोटस्थित महावै, जाजरकोटस्थित जुनिचाँदे र बारेकोटमा शाखा खुल्न बाँकी छ। यसैगरी प्रदेश ७ को बाजुरास्थित पाण्डव गुफा, स्मीकार्तिक, बझाङस्थित थलारा, काँडा र बाजुरास्थित गौमुल र बढीनन्दा नगरपालिकामा शाखा खोल्न बाँकी रहेको राष्ट्र बैंकले जनाएको छ।

प्रकाशित मितिः     १४ श्रावण २०७६, मंगलवार १५:४३  |