उपमहानगरबाट भाडामा पाइन्छ यि मेशिन, कस्को भाडादर कति ? हेर्नुहोस्


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाले डोजर, रोलर टिप्परदेखि ट्वाईलेट सफा गर्ने ‘सक्सन ट्यांकर’ मेशिनसम्म बजार मूल्य भन्दा कममा भाडामा दिने गरेको छ । जानकारी अभावमा उक्त सूविधा थोरैले मात्र प्रयोग गरेका छन् । नगरको कामकाजका लागी ल्याएका त्यस्ता मेशिन काम नभएका बेला थन्काएर राख्नु भन्दा नगरका भित्र हुने गरेका योजना कार्यान्वयनमा प्रयोगमा लगाउने गरिएको प्र्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले जानकारी दिएका छन् ।

डोजर, रोल र टिप्पर जस्ता साधन निर्माणको कामका लागि उपयोग हुन्छ । हालै मात्र नेपालगञ्जमा भित्रिएको ट्वाईलेट सफा गर्ने सक्सन ट्यांकर सर्वसाधारणले सस्तो मूल्यमा पाउन सक्छन् । उक्त मेशिनले थोरै समयमा ट्वाईलेट सफा गर्न सक्छ । यस्तो अत्याधुनिक मेशिन यहाँ पहिलो पटक भित्रिएको हो ।
हेर्नुहोस् भाडामा लिन पाइने सवारीसाधन र त्यसमा लाग्ने शुल्क

नेपालगञ्ज उपमहानगरपालिकाका राजश्व फाँटका प्रमुख बिरबहादुर थापामगरले तोकिएको दस्तुर तिरेर मेशिनहरु भाडामा लिन सक्ने
बताए । त्यस थाहा नपाएका कारण उक्त सामाग्री प्रयोगकर्ता थोरै मात्र छन् । गत आर्थिक रोलर चारपटक भाडामा गएको थियो । त्यसवापत उपमहानगरपालिकालाई रु ३० हजार राजश्व प्राप्त भएको थापाले बताए ।

प्रकाशित मितिः     १५ श्रावण २०७६, बुधबार १६:४२  |