काठमाडौं।गुणस्तरमा सम्झौंता गर्ने चार वटा सिमेन्ट उद्योग कारवाहीमा परेका छन् । नेपाल गुणस्तर तथा नापतौल विभागले नेपाल अल्ट्राटेक सिमेन्ट मोरङ,चितवन सिमेन्ट परासी,नेपाल अम्बुझा सिमेन्ट भैरहवा र जानकी सिमेन्ट सुनसरीलाई कारवाही गरेको हो। विभागका अनुसार नेपाल अल्ट्राटेक ओपिसी सिमेन्टले आइआर मापदण्ड अनुसार नभएको भन्दै बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरण माग गरिएको विभागले जनाएको छ।
विभागले चितवन पिपिसी सिमेन्टको आइआर मान र कम्प्रेसिभ गुणस्तर अनुसार नभएको भन्दै इजाजतपत्रनै रद्द गरिदिएको छ।विभागले नेपाल अम्बुझा सिमेन्टको ओपिसी ब्राण्डमा एमजिओ सात प्रतिशत रहेको फेला पारेको छ।यो ब्राण्डको इजाजतपत्र विभागले रद्द गरेको छ।विभागले एमजिओ पाँच प्रतिशत मात्रै हुनुपर्ने मापदण्ड बनाएको छ। जानकी सिमेन्टको ओपिसी ब्राण्डमा आइआर र लाइमस्टोन स्याचुरेशन फ्याक्टर गुणस्तर अनुसार नभएपछि बिक्री वितरणमा रोक लगाएर स्पष्टीकरण मागिएको विभागले जनाएको छ।