नेपालगञ्ज/महिला उद्यमी संघ बाँकेको अध्यक्षमा निर्मला गौतम सर्वसम्मत निर्वाचित भएकी छन् । शनिवार भएको १६ औं अधिवेशनले गौतमको अध्यक्षतामा नयाँ कार्यसमिति चयन गरेको हो ।
नयाँ कार्यसमितिको प्रथम उपाध्यक्षमा निरुपमा रस्तोगी, द्धितीय उपाध्यक्षमा सावित्रा बस्नेत, महासचिवमा रेवती सिंह, सह—सचिवमा सारदा श्रेष्ठ र कोषाध्यक्षमा सुनिता पाण्डे निर्वाचित भईन । कार्यसमिति सदस्यमा क्रमश : नितु चन्द, आभा गौतम, बिन्दु चर्तीमगर, सुनिता सुवेदी, सुष्मा ज्ञवाली, सान्त्वना राणा, सरिता शाक्य छन् । नयाँ कार्यसमितिले महिला उद्यमीलाई प्रोत्साहन गर्नका लागि बिभिन्न क्षेत्रसंग सहकार्य गरेर अघि बढ्ने महासचिव रेवती सिंहले बताईन ।
https://nepalgunjbusiness.com/2019/08/10148/