‘प्रदेश ५ का उद्योगमा सिसिटिभी र बहुमुल्य सामाग्री राख्ने ठाउँमा एर्लाम अनिवार्य’


नेपालगञ्ज – प्रदेश नं. ५ सरकारले प्रदेशभरका ठुला उद्योग कलकारखनामा अनिवार्यरुपमा सिसिटिभी क्यामेरा जडान गर्ने मापदण्ड बनाउँदै छ । सुरक्षा संवेदशिलतालाई ध्यानमा राखेर उद्योगमा सिसिटिभी क्यामेरा जडानलाई अनिवार्य गर्ने सम्बन्धी मापदण्ड बनाउँन मुख्यमन्त्री शंकर पोख्रेलले आन्तरिक मामिला तथा कानून मन्त्रालयलाई निर्देशन दिएका छन् ।

आर्थिक वर्ष २०७६र७७ को नीति कार्यक्रम तथा बजेट कार्यान्वयन गर्नका लागि साउन २ र ३ गते बसेको वार्षिक कार्ययोजना छलफल बैठकमा मुख्यमन्त्रीले यस्तो निर्देशन दिएका हुन । निर्देशनमा उद्योग कलकारखानामा सिसिटिभी अनिवार्य गरिने र बहुमुल्य सामाग्री रहने स्थानमा एर्लामलाई पनि अनिवार्य बनाउने मापदण्ड तयार गर्न भनिएको छ ।

शहरी क्षेत्रमा अपराध नियन्त्रण गर्नका लागि सम्बन्धित उद्योग वाणिज्य संघ,स्थानीय तह र प्रदेश सरकारसंग मिलेर सिसिटिभी जडान गर्ने कार्ययोजना तयार गरिने छ  । प्रदेश सरकारले गत आर्थिक वर्षमा मात्र प्रदेशभरका १२ जिल्लाका संवेदनशिल ठाउँमा सिसिटिभी जडान गरिसकेको छ ।

प्रकाशित मितिः     २६ श्रावण २०७६, आईतवार ०७:२३  |