मन्त्री राईले वाचा पुरा गरे, दश हजार रुख रोप्ने अभियानको उद्घाटन


नेपालगञ्ज – शहरी विकास मन्त्री मोहम्मद ईस्तियाक राईले नेपालगञ्जमा ‘दशहजार बिरुवा लगाउने’ पूर्व घोषणा कार्यान्वयन ल्याएका छन् । आज आईतवार बिहान जमुनाहस्थित सडकको ग्रिनबेल्टमा बिरुवा लगाउँदै मन्त्री राईले दश हजार बिरुवा रोप्ने अभियानको उद्घाटन गरे । उनले गत जेठमा गृहनगर आएका बेला हरित शहरका लागि रुख रोप्ने घोषणा गरेका थिए ।

रुख रोप्ने अभियानको उद्घाटन गर्दै मन्त्री राईले सातैवटा प्रदेशमा यस्तो अभियान सुरु भएको जानकारी दिदै भने,–‘यहाँ मात्र होइन देशैभर रुख रोपिन्छ ।’ मन्त्री राईको रुख रोप्ने अभियानमा प्रधानमन्त्री केपी शर्मा ओली समेत सकारात्मक छन् । नेपालगञ्जमा दुई महिना भित्र दश हजार रुख रोपिने छ । ‘सडक, सार्वजनिकस्थल र सरकारी कार्यालय जहाँ जहाँ ठाउँ उपलब्ध हुन्छ हामी रुख लगाउँछौ ।’ मन्त्री राईले भने–‘यसका लागि नेपालगञ्ज उपमहानगरपालिकाले जग्गा उपलब्ध गराउँछ ।’ रुख रोप्ने अभियानमा नेपालगञ्ज उपमहानगरपालिकाका मेयर डा. धवल शमसेर राणा लगायत जिल्लास्थित नेपाली सेना, प्रहरी, प्रशासन र राजनीतिक दलका प्रतिनिधिको सहभागिता थियो ।

‘गाउँ शहर हराभरा बनाउनतिर लागौं । यसका लागि प्रत्येकले घरमा कम्तिमा दुईवटा रुख रोपौं । एउटा फलफुलको अर्को अन्य कुनै रुख ।’ आफ्ना पार्टी कार्यर्ता लगायत सर्वसाधारणसंग अनुरोध गर्दै मन्त्री राईले थपे–‘शहरी सौन्र्दयता बढाउन यो भन्दा अर्को उपाय हुन सक्दैन ।’ मन्त्री राईले नेपालगञ्जमा हरित अभियान सुरु गर्ने डा( बिनोद कर्ण र हेमन्तराज काफ्लेको पनि प्शंसा गरे । उनीहरुकै प्रेरणाबाट अभियान सुरु गरेको उनको भनाई थियो ।

प्रकाशित मितिः     २६ श्रावण २०७६, आईतवार १०:२६  |