पर्यटन मन्त्रीको अनुरोध–‘सबै नेपालीले सामाजिक सञ्जालमा भ्रमण वर्षको लोगो राखौं’


नेपालगञ्ज -संस्कृति, पर्यटन तथा नागरिक उडड्यत्र मन्त्री योगेश भट्टराईले स्वदेश र विदेशमा रहेका नेपालीलाई आफुले प्रयोग गर्ने समाजिक सञ्जालमा नेपाल भ्रमण वर्ष २०२० को लोगो राखि दिन सार्वजनिक अनुरोध गरेका छन् । भ्रमण वर्ष २०२० मूल आयोजक समितिका संयोजक समेत रहेका मन्त्री भट्टराईले आज आईतवार सार्वजनिकरुपमा यस्तो अनुरोध गरेका हुन ।

‘स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपाली दाजुभाई, दिदी बहिनीहरुले नेपाल भ्रमण वर्ष २०२० को अभियानलाई प्रारम्भिकरुपमा सहयोग गर्नका लागि आफुले प्रयोग गर्ने निजी वा संघसंस्था समेतका सामाजिक सञ्जाल फेसबुक, ट्विटर,वेयभसाईड, इन्स्टाग्राममा भ्रमण वर्षको लोगो राखि दिनुहुन अनुरोध छ।’– मन्त्री भट्टराईको अनुरोधमा भनिएको छ । भ्रमण वर्षमा सरकारले २० लाख पर्यटक भित्रा्उने लक्ष्य राखेको छ ।

प्रकाशित मितिः     २६ श्रावण २०७६, आईतवार १७:२६  |