थप तीन ठाउँमा सेवा बिस्तार गर्दै होटल पौवा समूह, भ्रमण वर्षलाई यसरी साथ दिदै


नेपालगञ्ज – होटल पौवा ग्रुपले थप तीन स्थानमा चाँडै सेवा बिस्तार गर्ने भएको छ । रुपन्देहीबाट सुरुभएको पौवाको ब्यवसाय प्रदेश नम्बर ५ मा ५ वटा शाखा र कर्णाली प्रदेशमा १ शाखा गरि ६ स्थानमा सेवा प्रदान गरिरहेको छ । प्रदेश नम्बर ५ को राजधानी बुटवलमा, पाल्पाको तानसेन तथा दाङको भालुबाङमा सुबिधा सम्पन्न होटल निर्माणधिन अवस्थामा रहेको होटल पौवा प्रा.लिका अध्यक्ष दुर्गा प्रसाद भण्डारीले बताए ।

तराईमधेसको स्वादलाई प्रतिनिधित्व गर्दै रुपन्देहीको भैरहवामा पौवा चौतारी नामबाट हालै मात्र सेवा बिस्तार गरेको छ । साकाहारी ब्यञ्जन सहितको पौवा चौतारीमा बिभिन्न मिठाई तथा तराई मधेसमा रुचाईएको परिकार उपलब्ध हुने आज भैरहवामा आयोजित पत्रकार सम्मेलनमा पौवा ग्रुपले जानकारी दिएको छ । पत्रकार सम्मेलनमा बिदेशी सेवाको अनुशरण गर्दै धमाधम होटल तथा रेष्टुरेण्ट ब्यवसाय खुलिरहेकोे परिपेक्षमा होटल पौवा नेपाली सन्दर्भमा एउटा मौलीक नेपालीपन सहितको सेवामुलक ब्यवसाय भएको दाबी गरिएको थियो ।

पत्रकार सम्मेलनमा बितरित बिज्ञप्तीमा नेपाल सरकारको भ्रमण वर्ष २०२० र प्रदेश ५ सरकारको लुम्बिनी भ्रमण वर्ष २०७६ लाई दृष्टिगत गर्दै पौवा समूहले प्रदेश नम्बर ५ लाई आधार बनाउंदै आफ्नो सेवा बिस्तार गरिरहेको जनाएको छ । बिश्व शान्तिका अग्रदुत भगवान गौतम बुद्धको जन्मस्थल लुम्बिनी र प्राकृतिकी रानी रारा जोड्नु तथा बुद्ध सर्किटको सम्पुर्ण भ्रमण गर्दै बिश्वभरीका हिन्दुहरुको पबित्र धार्मीक स्थल स्वर्गद्धारीका लागि भालुबाङ, प्रसिद्ध सुपा देउराली दर्शन गर्नेहरुलाई सेवा दिन गोरुसिङ्गे, रारा भ्रमणका लागि जुम्ला तथा प्रकृतिक रमणीय शहर पाल्पा पुग्ने पर्यटकका लागि तानसेनबाट पौवाले सेवा दिने बिज्ञप्तीमा उल्लेख छ । लुम्बिनी आउने अवलोकनकर्ताको नेपाल बसाई लम्ब्याउन भैरहवा र बुटवलमा नेपाली हस्पिटालिटी सहितको होटल सञ्चालनमा ल्याईएको भण्डारीले बताए ।

कार्यक्रममा बोल्दै होटल पौवाको ब्यवसायीक साझेदार कम्पनि शुभओम कम्पनिका कार्यबाहक अध्यक्ष दिपेश पछाईले पौवाको सेवा नेपालभरी बिस्तार गर्ने लक्ष्यका साथ तयारी भई रहेको जानकारी दिए । उनले लुम्बिनी आउने पर्यटकको बसाई लम्ब्याउन भैरहवा, बुटवल र गोरुसिङ्गेमा मध्यमवर्गको समेत पहुंच हुने गरि सुबिधा सम्पन्न होटल संचालन गरिएको बताए । संघिय सरकारको भ्रमण वर्ष २०२० तथा प्रदेश सरकारको लुम्बिनी भ्रमण वर्षलाई सफल बनाउन पौवा ग्रुपको पनि सहकार्य रहने पत्रकार सम्मेलनमा जानकारी दिईएको थियो । । भ्रमणवर्षलाई लक्ष्य बनाउंदै रुपन्देही र यस आसपासमा धमाधम होटलहरु खुलेका छन् ।

प्रकाशित मितिः     ३० श्रावण २०७६, बिहीबार ०८:३८  |