शहरी विकास मन्त्रालयले बागेश्वरी मन्दिरमा कम्पलेक्सको काम रोक्न पत्र काट्यो


नेपालगञ्ज – शहरी विकास मन्त्रालयले बागेशवरी मन्दिरमा सटर बनाउने कार्य रोक्न गृहमन्त्रालयलाई पत्र पठाएको छ । नेपालगञ्ज उपमहानगरपालिकाले बिहिवार पहिले नै सटर रहेको र भत्काएको स्थानमा नयाँ कम्पलेक्स बनाउने तयारी गरे पछि चर्को बिरोध भइरहेको छ ।  बिरोधकै बिच शहरी विकास मन्त्रालयले मन्दिर क्षेत्रमा सटर नबनाउन आज पत्र काटेको हो । मन्त्री एवं नेपालगञ्जका सांसद मोहमद ईस्तियाक राईको निर्देशन अनुसार कम्पलेक्स निर्माणको काम रोक्न गृहमन्त्रालयलाई पत्र पठाइृएको हो ।

प्रकाशित मितिः     ३० श्रावण २०७६, बिहीबार १८:४३  |