आन्तरिक राजश्व नेपालगञ्जलाई गत वर्ष भन्दा ४५ % बढी लक्ष्य,


नेपालगञ्ज १ भदौ – आन्तरिक राजस्व कार्यालय नेपालगञ्जलाई चालु आर्थिक वर्ष २०७६/७७ मा गत आर्थिक वर्ष २०७५/७६ को लक्ष्य भन्दा ४५ प्रतिशत बढी राजश्व संकलनको दायित्व थपिएको छ ।  गत आर्थिक वर्ष २०७५र०७६ मा कार्यालयलाई ३ अर्व ५१ करोड लक्ष्य दिइएको थियो भने चालु आर्थिक वर्ष २०७६र७७ मा त्योभन्दा ५४ प्रतिशतले बढी ५ अर्व १० करोड लक्ष्य तोकिएको आन्तरिक राजश्व कार्यालय नेपालगञ्ज प्रमुख प्रकाश पौडेलले जानकारी दिए ।

गत आर्थिक वर्षमा कार्यालयले लक्ष्य भन्दा रु ८ अर्व बढि अर्थात रु ३ अर्ब ५९ करोड राजश्व संकलन गरेको थियो । गत आवको असुलीका तुलनामा चालु आवको लक्ष्य ४२ प्रतिशतले बढी भएको कार्यालय प्रमुख पौडेलले बताए ।

प्रमुख पौडेलल राजस्वको लक्ष्य भेट्टाउन कठिन नहुने बताए । बाँकेमा उद्योग, कलकारखाना बढेका कारण पनि राजश्व संकलन सहज हुने उनको भनाई छ । आन्तरिक राजश्व कार्यालय नेपलागञ्जले बाँके र बर्दियामा हेर्दै आएको छ । यहाँ करको दायरालाई विस्तार गरिने र बजार अनुगमनलाई तीव्र बनाउँदै लैजाने कार्यालयको भनाई छ ।

 करको दायरामा नआएकालाई समेट्न विशेष कार्यक्रम ल्याइने जनाईएको छ । यसका लागि कर शिक्षा जस्ता कार्यक्रमलाई पनि प्रभावकारी रुपमा लैजाने पौडेलले बताए ।

प्रकाशित मितिः     १ भाद्र २०७६, आईतवार १४:१४  |