नेपालगञ्ज – अस्वस्थ्य प्रतिस्पर्धा हटाउन बाँकेका तारे होटलबीच भएको भद्र सहमति तोडिएको बिषयमा होटल सञ्चालकहरुले बिभिन्न प्रतिक्रिया दिएका छन् । पाँच तारे होटल सेन्ट्रल प्लाजाका प्रबन्ध निर्देशक देव अर्यालले ‘भद्र सहमति तोडिएको विषय मनगढन्ते’ भएको दावी गरेका छन् ।
‘कसैले तोडेको छैन’ सामाजिक सञ्जालमा अर्यालको प्रतिक्रिया थियो,–‘हामी हाम्रो व्यवसाय प्रमोसनका लागि परेका छौं ।’ यस्तै होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले व्यवसायीक हितका लागि भएका सहमति तोड्न नहुने बताउँछन् । उनी भन्छन्,–‘व्यवसायीक हितका लागि सहमति तोड्नु हुँदैन ।’
भद्र सहमति नतोडेको दावी गरे पनि तीन तारे होटल कलपत्रुले ‘ट्रम एण्ड कण्डिसन’ भन्दै ‘रुम’ को भाडा १६ सय ९९ मा झारेको छ । उसले आफ्नो फेसबुक पेजमै उक्त प्याकेज सार्वजनिक गरको हो । उक्त होटलका दिपु गुप्ताले भद्र सहमतिमा आफु कायमै रहेको दावी गर्दै भने,–‘बिशेष प्याकेजका लागि मात्र नयाँ रुम चार्ज सार्वजनिक गरेका हौं । अन्यथा हामी भद्र सहमतिमा कायमै छौं ।’ भद्र सहमति अनुसार, उक्त होटलको रुम चार्ज सिंगल २५ सय र डबल ३ हजार हुनुपर्छ । बिशेष प्याकेजका हकमा रेट तलमाथि हुने भएपनि समग्रमा भद्र सहमति कार्यान्वयन भइरहेकोे होटल सञ्चालको दावी छ ।
https://nepalgunjbusiness.com/2019/08/10485/