रुखमा जडान गरिएका ‘स्वीच बक्स’ तत्काल हटाउन उपमहानगरको निर्देशन


नेपालगञ्ज -नेपालगञ्ज उपमहानगरपालिकाका प्रमुख प्रशासकिय अधिकृत हरि प्याकुरेलले रानीतलाउका रुखमा राखिएका बिजुलीका ‘स्वीच बक्स’ हटाउन निर्देशन दिएका छन्  । रानी तलाउँ सञ्चालनको जिम्मा पाएको ठेकेदार कम्पनीलाई स्वीच बक्स हटाउन निर्देशन दिए लगत्तै उपमहानगरपालिकाका प्राविधिकहरु त्यहाँ पठाईदैछ ।

उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोबिन्द शर्माले रुखमा जडान गरिएको स्वीच बक्सका बिषयमा ध्यार्नाकषण भए लगत्तै प्रमुख प्रशासकिय अधिकृत प्याकुरेलले हटाउन निर्देशन दिएको जानकारी दिए ।


https://nepalgunjbusiness.com/2019/08/10600/

प्रकाशित मितिः     2:53:24 PM  |