उपमहानगरपालिकाले पत्रकार सम्मेलन गर्दै, के भन्लान् मेयरले ?


नेपालगञ्ज – नेपालगञ्ज उपमहानगरपालिकाकाले आज पत्रकार सम्मेलन आयोजना गर्दैछ । दिउँसो २ बजे सभाकक्षमा आयोजना गरिएको पत्रकार सम्मेलनमा मेयर डा. धवल शमसेर राणाले विविधि बिषय सार्वजनिक गर्ने छन् ।

उपमहानगरपालिका भित्रका कयौं विकासका मुद्दामा विवाद सिर्जना भइरहेका बेला आयोजना हुन लागेको पत्रकार सम्मेलनलाई महत्वका साथ हेरिएको छ । उपमहानगरपालिकाका प्रेस सल्लाहकार गोविन्द शर्माले विकास निर्माण लगायत विविधि विषयमा पत्रकार सम्मेलन मार्फत प्रकाशन पारिने बताए ।

प्रकाशित मितिः     ८ भाद्र २०७६, आईतवार ०९:०४  |