भार्गव विकास बैंकको शेयर संरचना परिवर्तन भएको छ । संस्थापक समूहतर्फको २ लाख २५ हजार ७२० कित्ता शेयर सर्वसाधारण समूहमा परिवर्तन भएसँगै भार्गवको शेयर संरचना परिवर्तन भएका हो ।
संरचना परिवर्तनपश्चात संस्थापकतर्फ ५१ प्रतिशत र सर्वसाधारणतर्फ ४९ प्रतिशत शेयर स्वामित्व कायम भएको हो । परिवर्तित संस्थापक शेयर शुक्रबारदेखि सर्वसाधारण सरह कारोबार हुने गरी अभिलेख गरिएको नेप्सेमा जारी सुचनामा उल्लेख छ ।
यस बैंकलाई शाइन रेसुङ्गा डेभलपमेण्ट बैंकले प्राप्ती गर्ने गरी गत असार २७ गते विशेष साधारण सभामार्फत निर्णय गराइसकेको छ । भार्गवसँगै साइन रेसुङ्गाले पूर्णिमा विकास बैंकलाई पनि प्राप्ती गर्न लागेको छ । ५० करोड १६ लाख चुक्तापूँजी रहेको भार्गव विकास बैंकले गत आर्थिक वर्षमा ६ करोड ६९ लाख ३४ हजार नाफा गरेको छ ।