बुद्ध एयरले नेपालगञ्जमा चौथो उडान थप्ने


Photo: THT/ File

नेपालगञ्ज – बुद्ध एयरले नेपालगञ्ज–काठमाण्डौं रुटमा चौथो उडान थप्ने भएको छ । सेप्टेम्बर १५ तारिखबाट नयाँ उडान थप्ने योजना रहेका् बुद्ध एयर नेपालगञ्जका प्रमुख बिनित विक्रम शाहले जानकारी दिए । ‘अहिले हामी उडान थप्ने तयारीमा छौं । सम्भवत सेप्टेम्बर १५ बाट यो काम शुरु हुन्छ ।’– शाहले भने । बुद्ध एयरले अहिले नेपालगञ्जबाट दैनिक तीनवटा उडान भर्दै आएको छ । यात्रुको चापलाई मध्यनजर गर्दै उक्त कम्पनीले उडान थप्न लागेको हो ।

https://nepalgunjbusiness.com/2019/08/10825/


प्रकाशित मितिः     2:15:41 PM  |