सुर्खेत १६ साउन – गुर्भाकोट नगरपालिकाले पर्यटकिय विकासका लागी भेरी नदीमा ¥याफ्टिङ्ग र धारापानी क्षेत्रमा प्याराग्लाईडिङ्ग सञ्चालनको सम्भाव्यता अध्ययन गर्ने भएको छ । चालू आर्थिक वर्षभित्र सम्भाव्यता अध्ययन गरिने मेयर हस्त पुनले जानकारी दिए । यसका लागि नगरपालिकाले बजेट समेत छुट्याएको छ ।
‘भेरी नदीको रैकरदेखि चिप्लेसम्म ¥याफ्टिङ्ग, धारापानीको कोट र जुरीचुलाबाट प्याराग्लाईडिङ्ग गर्न सकिन्छ की सकिदैन भनेर अध्ययन गर्दैछौ ।’ मेयर पुनले भने–‘यो काम चाँडै शुरु गर्छौ ।’ ¥याफ्टिङ्ग र प्याराग्लाईडिङ्ग सञ्चालन गर्न सके गुर्भाकोट कर्णाली प्रदेशको उत्कृष्ट पर्यटकिय गन्तव्य बन्ने मेयर पुनको बिश्वास छ । ‘यि दुई काम बाहेक पर्यटकिय विकासका लागि हामीले धेरै योजना बनाएका छौं । गुर्भाकोटलाई पर्यटनको केन्द्र बनाउने योजना छ ।’– पुनको भनाई थियो ।
गुर्भाकोटमा पर्ने छिन्चु–जाजरकोट सडकखण्डसंगै जोडिएको भेरी नदीलाई ¥याफ्टिङ्ग जस्ता सहासिक खेलमा उपयोग गर्ने नगरपालिकाको योजना छ । भेरी नदीकै अन्य क्षेत्रमा यसको प्रयोग भए पनि गुर्भाकोटमा भने व्यवसायीकरुपमै ¥याफ्टिङ्ग गराउने गरी अध्ययन गर्न लागिएको हो । त्यस्तै गुर्भाकोटको माथिल्लो भू–भागबाट प्याराग्लाईडिङ्ग गराउन खोजिएको छ । मेयर पुनका अनुसार, चालु आर्थिक वर्षमा होमस्टे बिस्तार र मालारानीदेखि धारापानीको माथिल्लो भूभागमा पदमार्ग बनाउने गरी योजना अघि सारिएको छ । सम्भाव्यता अध्ययन सकिएपछि त्यसले दिने सुझावका आधारमा नगरपालिकाकाले काम अगाडी बढाउने छ ।