आयल निगमले भैरहवामा खोल्यो पेट्रोल पम्प


तस्वीर – केदार कुमार खड्का

नेपालगञ्ज – भैरहवाको अञ्चलपुरमा नेपाल आयल निगमले सुविधा सम्पन्न पेट्रोल पम्प आज शुक्रवारदेखि सञ्ञ्चालनमा ल्याएको छ । उद्योग वाणिज्य तथा आपुर्ति मन्त्री मातृका प्रसाद यादवले उक्त पेट्रोल पम्पको उद्घाटन गरे । निगम आफैले सञ्चालन गर्ने उक्त पेट्रोल पम्पले प्रतिघण्टा अधिकतम ९ हजार ६ सय लिटर पेट्रोल र ९ हजार ६ सय लिटर डिजल बितरण गर्ने क्षमता राख्ने र सोलारबाट सञ्चालन हुने अत्याधिक प्रविधि जडान गरिएको निगमका प्रवक्ता बिरेन्द्र गोइतले जानकारी दिए ।

उनका अनुसार, दैनिक १६ घण्टा सेवा दिने र त्यसपछि क्रमिकरुपमा सेवा थप गरिने छ । उद्घाटन कार्यक्रमलमा बोल्दै उद्योग मन्त्री यादवले पेट्रोलियम पदार्थ भण्डारका लागि प्रत्येक प्रदेशमा ठूला डिपोहरु खोल्ने योजना रहेको बताए ।  देशका लागि आवश्यक पर्ने इन्धन पुर्याउन सरकार अध्ययन अनुसार अगाडि बढ्ने बताउँदै सरकारले बिषादि परीक्षणको तयारी बिना अगाडि बढेकोले सरकार असफल भएको मन्त्री यादवले स्वीकार गरे ।


निगमका कार्यकारी निर्देशक सुरेन्द्र कुमार पौडेलले प्रदेश प्रदेशमा तेलको डिपो राख्ने सरकारको निर्णय भएकोले प्रथम चरणमा झापा र धनुषामा चालू आर्थिक वर्षमा काम सकिने बताए । प्रदेश नम्बर ५ का वन तथा वातावरण मन्त्री लीला गिरी, प्रदेश सभा सदस्य सन्तोष पाण्डे, सिद्धार्थनगर नगरपालिका प्रमुख हरिप्रसाद अधिकारी र सिद्धार्थ उद्योग वाणिज्य संघका अध्यक्ष कुलप्रसाद न्यौपाने लगायतले बोलेका थिए ।

प्रकाशित मितिः     १७ श्रावण २०७६, शुक्रबार १६:५५  |