
नेपालगञ्ज – अमेरिकी राजदूत ¥यान्डी बेरीले कृषी र स्वास्थ्य क्षेत्रको परिवर्तनमा नेतृत्वदायी भूमिका निभाएको भन्दै नेपालगञ्जकी एक २५ वर्षिया महिलाको प्रशंसा गरेका छन् । घरभित्र र वाहिरका कयौं अवरोध चिर्दै समाज परिवर्तनमा खेलेको भूमिकाबाट आफु प्रभावित भएको राजदूत बेरीले बताए । अमेरिकी राजदूतको रुपमा बेरीले झन्डै एक बर्षको आफ्नो नेपाल बसाइको क्रममा नेपालका विभिन्न भागहरूको भ्रमण गरेका थिए । बुद्ध एअरको उडान पत्रीका ‘यात्रा’ले उनका विभिन्न भ्रमण र नेपाल बसाइको अनुभव समेटिएको एक अन्तर्वाता प्रकासित गरेको छ । सोही अन्र्ततार्वामा राजदूत बेरीले नेपालगञ्जको प्रसंग निकालेका हुन ।

अन्र्तवार्तामा ‘नेपालको घुमघामका क्रममा भेटेका मानिसहरु मध्ये कोबाट धेरै प्रभावित हुनु भयो’ भन्ने प्रश्नको जबाफमा राजदूत बेरीले ‘नेपाली महिलाको कामबाट अति नै प्रभावित भएको उल्लेख गरेका छन् ।’ सोही प्रश्नको जबाफमा राजदूत बेरी भन्छन्,–‘ नेपालगञ्जकी २५ वर्षकी महिलो आफ्नो समाजमा कृषि र स्वास्थ सम्बन्धि काम गज्जवले गरिरहेकी छन् । मलाई त्यसले प्रभावित बनायो ।’ राजदूत बेरीले ती युवतीको नाम भने उल्लेख गरेका छैनन् ।
राजदूत बेरीले एक वर्षको अवधिमा नेपालगञ्जमा समेत घुमघाम गरिसकेका छन् । उनले अमेरिकी सरकारको सहयोगमा यहाँ सञ्चालन भएको सुआहारा कार्यक्रमको अनूगमनका क्रममा सम्वत ती युवतीसंग भेटघाट गरेको हुन सक्ने अनुमान गरिएको छ । अहिले पनि अमेरिकी दुतावासको फेसबुक पेजको वालामा सुहाआरा कार्यक्रमको अनूगमनको क्रममा महिला र बालबालिकासंग खिचाएको तस्वीर राखिएको छ । तस्वीरमा राजदूत बेरीले बालबालिका समाएर मुस्कुराइरहेको देखिन्छन् । राजदूत बेरी नेपालगञ्ज आएका बेला मुवारक बिरयानीमा गएका थिए ।
