नेपालगञ्ज – नेपाल घरेलु तथा साना उद्योग महासंघ बाँकेले उद्योग नविकरण र कर भुक्तानी जस्ता वार्षिकरुपमा गर्नुपर्ने कामका लागि ‘घरदैलो’मै पुग्ने भएको छ । उसले समस्यामा परेका उद्योगी, व्यवसायीले फोन गर्ने बित्तिकै सम्बन्धित ठाउँमै पुगेर नविकरण र कर भुक्तानी जस्ता कार्यमा सहायता गर्ने भएको हो ।
महासंघका कार्यालय प्रमुख बासुदेव सेडाईले कार्यव्यस्तता र जानकारी अभावमा कयौं उद्योगी, व्यवसायीले नविकरण र कर भुक्तानी नगरे जरिवान तिरेका हुन्छन् । त्यस्तो अवस्था नआओस् भन्दै आफुहरुले सहजिकरणको कामलाई प्राथमिकतामा राखेको सेडाईले बताए । महासंले यि बाहेक प्रविधि अनुदान, बिना धितो सहुलियत ऋण अनुदान, सिपमूलक कामहरु व्यवसायी माझ बढि भन्दा बढि पुर्याउने काम गर्ने जनाइएको छ ।
बाँकेमा ६ हजार बढि घरेलु तथा साना उद्योग दर्ता भइ सञ्चालनमा आएको भए पनि महासंघले १३ सय व्यवसायी दर्ता छन् । थप व्यवसायीलाई एकिकृत गर्ने काम भइरहेको छ ।