नेपालगञ्ज – यस ‘होटल स्नेहा क्लार्क ईन’ले साउन २४ गते भारतकी चर्चित डिजे सोनाली कट्याल सहितको बिशेष कार्यक्रम आयोजना गर्ने भएको छ । युवा पुस्तालाई लक्षित गरी यस पटक भारतीय चर्चित एमटिभी च्यानलबाट प्रशारण हुने स्पील्ट्सभिल्ला सिजन ७ की बिजेता सोनाली सहित बिशेष कार्यक्रम गर्न लागिएको होटल स्नेहाले जनाएको छ ।
युवा पुस्ता माझ निकै रुचाइएकी डिजे सोनाली कट्याल पहिलो पटक नेपालगञ्जमा आउँदै गरेको स्नेहाका आवासिय म्यानेजर तुरबोन घोषले जानकारी दिए । उनका अनुसार, उक्त कार्यक्रमबाट सेवाग्राहीले भरपुर मनोरञ्जन लिने बिश्वास लिइएको छ । कार्यक्रममा बिशेष छुटको व्यवस्था गरिएको छ ।
