घरेलु तथा साना उद्योग महासंघ नगरको अध्यक्षमा रचना श्रेष्ठ,महिला समितिमा मिना ढकाल


नेपालगञ्ज -घरेलु तथा साना उद्योग महासंघ नेपालगञ्ज उपमहानगरपालिका समितिको अध्यक्षमा रचना श्रेष्ठ सर्वसम्मत चयन भएकी छन् । व्यवसायीक क्षेत्रमा लामो समय काम गर्दै आएकी श्रेष्ठको नेतृत्वमा  १५ सदस्यीय नगर समिति चयन गरेको हो । त्यस्तै बरिष्ठ उपाध्यक्ष दिपेन्द्र कुमार जोशी, उपाध्यक्ष मोहमद फरिदुल हक, महासचिव : शतिशकुमार अधिकारी, कोषाध्यक्ष : मोहमद ओहाव खाँ चयन भएका छन् । सदस्यमा क्रमश खगेन्द्र प्रशाद न्यौपाने, बिजय चौधरी, तनबिर अहमद शेष छन् ।

यस्तै मिना ढकाल सुवेदीको अध्यक्षतामा  ११ सदस्यीय महिला समिति  गठन गरिएको छ। महिला समितिको बरिष्ठ उपाध्यक्ष मिना डाँगी, उपाध्यक्ष सरस्वती मल्ल, महासचिवमा इन्द्रकुमारी बुढा, कोषाध्यक्षमा कस्मिरा खातुन छन् । सदस्यमा साधना आलेमगर, सोनमसिंह अधिकारी, कोमल श्रेष्ठ, निलम ज्ञवाली चयन भएका छन् ।

प्रकाशित मितिः     १८ श्रावण २०७६, शनिबार २१:५९  |