सांसद अथकको अनुरोधमा अन्तराष्ट्रिय सम्बन्ध समितिको बैठक बस्यो, बाँकेका मुद्दामा छलफल


बाँके- बाँके क्षेत्र नँ १ का सँघिय साँसद महेश्वर गहतराज अथकले माग गरे अनुसार आज सँसदको अन्तराष्ट्रिय सम्बन्ध समितीको २६ औ बैठक बसेको छ । बैठकको प्रारम्भ मा साँसद अथकले बाँकेको मापदण्ड बिपरित निर्माण गरिएको लक्ष्मणपुर बाँध , सीमा सडक ककद रोड, सर्जु नहर,कलकलहवा तटबन्ध ,का कारण बाँकेमा डुबान,कटान र पटानको समस्या रहेको र त्यसले हाल सम्म २० जनाको मृतु भइसकेको , ७५ लाख भन्दा बढी जनता डुबान र बाढी बाट पिडित भएको,र ५ हजार भन्दा बढी मानिसहरु बिस्थापित भएको र हजारौ बिगाहा जमिन बगरमा परिणत भएको समिती लाइ जानकारी गराएकाछन ।

नले बैठकमा परम्परा देखी यथावत रहेको खोलानालाहरुको प्राकृतिक बाहव बन्द हुनुका कारण पनि सीमा क्षेत्रका दुबै देशका जनताले सास्ती खेप्नु परेको भन्दै कुटनैतिक तवरले यस्को हल गरिनुपर्ने माग राखेकाछन । अन्तराष्ट्रीय सम्बन्ध समितिका सभापति पबित्रा निरौलाको अध्यक्षतामा बसेको बैठकले यस सवाल लाइ गम्भीरतापुर्वक लिएको र आगामी बैठकमा परराष्ट्र मन्त्रालय , ग्रहमन्त्रालय ,शस्त्र प्रहरी महानिरिक्षक,उर्जा तथा जलस्रोत , लगायतको सहभागितामा ब्यापक छलफल गरि निस्कर्षमा पुग्ने आस्वासन दिएको साँसद अथकले जाकारी गराए । साँसद अथक केही समय अघी मात्र बाँकेको बघौडा क्षेत्रमा पुगी प्रत्यक्ष बाढी ग्रस्त क्षेत्रको अनुगमन गरेका थीए र सँसदमा समेत यस्को जानकारी गरएका थीए ।

प्रकाशित मितिः     १९ श्रावण २०७६, आईतवार २१:०८  |