नेपालगञ्ज – मूल्यांकन गर्न ढिलाई भएका कारण नेपालगञ्ज भञ्सारले बरामद सवारी सधानको लिलाम बढाउन सकेको छैन । यातायात कार्यालय भेरीको समन्वयमा मेकानिकल इन्जिनियरले बरामद सवारी साधनको मूल्यांकन र रकम तोकेपछि मात्र लिलाम हुने व्यवस्था छ ।
तर कर्मचारी अभावको कारण जनाउँदै उक्त मूल्यांकन कार्य गर्न ढिलाई भएको भञ्सारले जनाएको छ । सबै काम सकिए जतिसक्यो छिटो लिलाम प्रक्रिया अगाडी बढाउने तयारी गरिरहेको नेपालगञ्ज भञ्सारका सूचना अधिकारी परमानन्द जोशीले जानकारी दिए । उनले भने,–‘सबै प्रक्रिया अन्तिम चरणमा पुगेको छ । हामी त्यसलाई खुल्ला गर्दैछौ ।’
नेपालगञ्ज भञ्सारमा अहिले अढाई सय मोटरसाईकल र दुईवटा जिप रहेका छन् । जहाँ बुलेट जस्ता महंगा मोटरसाईकल समेत रहेका छन् । लिलाम गर्दा न्यूनतम मूल्यमा खरिद गर्न पाईन्छ ।