नेपालगञ्ज – मंगलवार राती दश बजेतिर घरवारीटोल–३ का दुईवटा कपडा पसलमा आगलागी हुँदा झण्डै दुई करोडको क्षती भएको छ । कृष्ण बुढाको प्रेरणा फेन्सी स्टोर र मदन कुमार शाहको बढिमालिका अर्डर एण्ड सप्लार्यसमा आगलागी हुँदो ठुलो क्षती भएको जिल्ला प्रहरी कार्यालय बाँकेले जनाएको छ ।
प्रेरणा फेन्सी स्टोरबाट शुरु भएको आगो बढिमालिकामा सल्किएको थियो । बिद्युत सर्ट भएर आलगानी भएको आशंका गरिएको छ । कपडा पुरै जलेका छन् । नेपालगञ्ज उपमहानगरपालिकाको दमकल र प्रहरी पुगेर आगो निभाएका थिए ।
नेपालगञ्ज उद्योग वाणिज्य संघका उपाध्यक्ष दुर्गाप्रसाद भण्डारी कार्यसमिति सदस्य टंक बहादुर धामी, रोमनाथ न्यौपाने आज बिहान आगलागी भएको स्थानमा पुगे । उनीहरुले राहात र क्षतीपूर्तीको व्यवस्थापनका लागि पहल गर्ने प्रतिवद्धता जनाउनुका साथै सहयोगका लागि उद्योगी, व्यवसायीलाई आग्रह गरेका छन् । प्रहरीले क्षतीको बिबरण संकलन गरिरहेको छ । पूर्ण क्षती दुई करोडसम्म पुग्ने व्यवसायीहरुले बताएका छन् ।