नेपालगञ्ज -नेपालगञ्जमा सबैभन्दा महङ्गो मूल्य पर्ने जग्गा कहाँको होला ? चलनचल्तीमा कयौं गुणा धेरैमा जग्गाको किनबेच भए पनि घरजग्गा न्यूतम मुल्य निर्धारण समितिले बाँकेमा रहेका आठ वटै स्थानीय तहभित्र रहेका जग्गाको न्यूनतम मुल्य निर्धारण गरेको छ ।
प्रमुख जिल्ला अधिकारी मदन भुजेलको अध्यक्षतामा गत असार २५ गते बसेको बैठकले नेपालगञ्ज उपमहानगरपालिका र कोहलपुर नगरपालिकाका जग्गामा १५ प्रतिशत र अन्य स्थानीय तहको जग्गामा १० प्रतिशत मूल्य बढाएर आगामी आर्थिक वर्षका लागि नयाँ मूल्य निर्धारण गरेको भूमि सुधार तथा मालपोत कार्यालय बाँकेका प्रमुख प्रेम दौल्यालले जानकारी दिए ।
नयाँ निर्धारण गरिएको मूल्य कायम भएको छ । उक्त मूल्य अनुसार, नेपालगञ्जका जग्गाहरु बर्गिकरण गरेर त्यसको न्यूनतम मुल्य कायम गरिएको छ । त्यसमा सबैभन्दा धेरै न्यूनतम मूल्य प्रति कठ्ठा रु ५९,८०,००० कायम भएको ठाउँहरु यि हुन् । यो न्युनतम मुल्य भए पनि चलनचल्तीमा यो भन्दौ कयौं गुणा बढि मुल्यमा जग्गाको किनबेच हुन्छ । यसलाई क बर्गको जग्गा भनेर बगिकृत गरिएको छ ।
१. चारवाहिनी चोक देखि उत्तर सदरलाईन त्रिवेणी मोडसम्म दुबै छेउको जग्गा ।
२. गणेशमान चौकदेखि पूर्वबाटो पुनरावेदन अदालसम्म सडकको दुबै छेउको जग्गा ।
३.त्रिभुवनचोकदेखि पूर्व बाटो रानितलाउ मोडसम्म सडकको दुबै छेउको जग्गा ।
४. त्रिभुवनचोकदेखि पश्चिम इनार र निमको रुखसम्म सडकको दुबै छेउको जग्गा ।
५. खासकारकादो चोकदेखि दक्षिण बिरेन्द्रचोक हुँदै पासाङ्ग ल्हामु चोक हुँदै गणेशमान चोकसम्मको सुर्खेतरोडको दुवै छेउको जग्गा ।
६. सुर्खेत रोडदेखि बसपार्कसम्म सडकको दुबै छेउको जग्गा ।
७. सुर्खेतरोडदेखि सेतुबिकचोक र गणेशपुरसम्मको दुबै छेउ ।
८. नेपालगञ्ज उपमहानगरपालिका न्यूरोडको दुबै छेउको घडेरी जग्गा ( उपरोक्त मूल्य र नेपालगञ्ज नगर विकास समितिले घडेरी बिक्रीका लागि निर्धारण गरेको न्यूनतम मुल्य मध्ये जुन बढि हुन्छ सोही मुल्य रजिष्टे«शनको थैली कायम हुनेछ)
क बर्गका कित्ताहरु ।
https://nepalgunjbusiness.com/2019/07/9493/?fbclid=IwAR2nCwQuu-GuRsIeVxE5SlYTuQWF95CRzd6OBrvkJDJIESSibV_Fuq-0Q7M