खजुराको उढरापुरमा घरभित्र पसेको गोहीलाई यसरी राप्ती नदीमा छाडियो


नेपालगञ्ज १५ भदौ – बाँकेको खजुरा गाउँपालिका वडा नम्बर ६ उढरापुरको एउटा घरको कोठा छिरेको अवस्थामा मगर गोही भेटिएको छ । स्थानीय जागिर खानको घर भित्र छिरेको झण्डै डेढ वर्षको गोही आज बिजहान फेला परेको हो । बाख्रा खाने उदेश्यले गोही घरभित्र छिरेको देखिन्छ ।

जिल्ला वन कार्यालय बाँकेका रेञ्जर रमेश बुढाथोकीको नेतृत्वको टोलीले उक्त गोही उद्धार गरी राप्तीनदीमा छाडेका छन् । बुढाथोकीका अनुसार, नजिकै ताल रहेकाले त्यहीबाट गोही आएको अनुमान गरिएको छ । आहाराको कमीले गर्दा बाँकेको खजुराक्षेत्रका रहेका साना खोलामा रहेका गोही गाउँसम्म पुग्ने गरेका छन् ।

तस्वीरहरु – शुन्दर गुरुङ्गबाट

प्रकाशित मितिः     १५ भाद्र २०७६, आईतवार १२:५२  |