नेपालगञ्ज १५ भदौ -प्रतिनिधिसभाको कृषि सहकारी तथा प्राकृतिक स्रोत साधन समितिको सभापति एवं बाँकेकी नेतृ पूर्ण कुमारी सुवेदीले नेपालगञ्व विमानस्थलको स्तरोन्नती र विकासका बारेमा पर्यटन मन्त्री योगेश भट्टराईको ध्यानाकर्षण गराउनुभएको छ । आज आईतवार पर्यटनमन्त्री भट्टराईलाई भेटेर वार्षिक बिमानस्थल लगायत पश्चिमको पर्यटन विकासका बारेमा सुवेदीले छलफल गर्नुभएको हो ।
पर्यटनमन्त्रीको वार्षिक कार्ययोजनामा नेपालगञ्ज बिमानस्थल नपरेको गुनासो आएपछि नेतृ सुवेदीले छलफल गर्ने बचन दिनुभएको थियो । उहाँले पर्यटनमन्त्रीसंग नेपालगन्जको बागेश्वरी मन्दिर, प्युठानको स्वर्गद्धारी, दैलेखको ज्वाला, सुर्खेतको देउती वज्यै लगायत पश्चिम क्षेत्रका धार्मिक क्षेत्रलाई काठमाडौंको पशुपतिनाथसंग जोडेर धार्मीक पर्यटन विकासका लागि पनि ध्यानाकर्षण गराउनुभएको छ ।
नेपालगन्ज विमानस्थल मानसरोवर जाने पर्यटकका लागि मुख्य ट्रान्जिट भएका कारण नेपालगन्ज विमानस्थल देखि दिल्ली उडानका लागि पनि पहल गर्न अनुरोध गर्नुभयो । मन्त्री भट्टराईले सुवेदीका कुरा ध्यानपुर्वक सुनेर तत्कालै आफ्नो कार्ययोजनामा टिपोट समेत बताउनुभएको छ । ‘कितावका रुपमा आउने उहाँको कार्ययोजनामा नेपालगन्ज विमानस्थलको कुरा पनि समेटिने बचन दिनुभएको छ । मन्त्रीज्युलाई धन्यवाद ।’– सुवेदीले भनिन् ।
https://nepalgunjbusiness.com/2019/08/10815/?fbclid=IwAR05MQPzQHnugaTtAqHWgiFESC1HKhYNBeHSX9JesOoNxmgXKwjtpbGS4zY