बाजे बज्यैको नाममा रु ५ लाखको अक्षय कोष स्थापना गर्ने रेवती सिंह सम्मानित


बाँके १८ भदौ – प्राविधिक शिक्षा तथा महिला उद्यमका क्षेत्रमा क्रियाशिल नेपालगञ्ज–१० निवासी रेवती सिंहलाई डडेलधुरामा सम्मान गरिएको छ । सिंहले आफ्नो हजुर बुवा स्व. लालमणि पाण्डेय, हजुर आमा तारादेवीको नाममा अजयमेरुको भद्रपुर माध्यामिक विद्यालयमा लालमणि तारादेवी छात्रबृत्ति कोष स्थापना गर्नुभएको छ । सिंह र उहाँका श्रीमान सञ्जय सिंहले गत वर्ष रु ५ लाख राशीको अक्षय कोष स्थापना गर्नुभएको थियो ।

सोही अक्षय कोषबाट यसपटक बिद्यार्थीलाई बिभिन्न सामाग्री सहयोग गरिएको छ । कार्यक्रम बिद्यालयको तर्फबाट अक्षय कोषको संरक्षक सिंहलाई भब्य सम्मान गरिएको थियो । उहाँलाई बिद्यालयले दोसल्ला र प्रमाणपत्र प्रदान गर्यो । स्वर्गीय लालमणि पाण्डेय भद्रपुर माविका बिद्यालय व्यवस्थापन समितिका पूर्व अध्यक्ष र बिद्यालय संस्थापक समेत हुन ।

सम्मानित सिंह दम्पत्तिले नेपालगञ्जको प्राविधिक शिक्षाको विकासमा महत्वपूर्ण योगदान पुर्याउनुभएको छ । महिला उद्यम संघ बाँकेको महासचिव समेत रहनुभएकी सिंह लायन्स क्लव मार्फत सामाजिक काममा समेत सक्रिय हुँदै आउनुभएको छ ।

प्रकाशित मितिः     १८ भाद्र २०७६, बुधबार ०९:४५  |