सोल्टी र सिद्धार्थ होटलले पर्यटन वर्ष २०२० अघि नै नेपालगञ्जमा क्यासिनो सञ्चालन गर्ने


नेपालगञ्ज १९ भदौ – पर्यटन वर्ष २०२० अघि नेपालगञ्जमा तीनवटा क्यासिनो सञ्चालनमा आउने भएका छन् । पाँच तारे होटल सोल्टी वेष्र्टन प्रिमियर, चारतारे होटल सिद्धार्थ र सिग्नेटले क्यासिनो सञ्चालनमा ल्याउन लागेका हुन । सोल्टी र सिद्धार्थले चाँडै सञ्चालन गर्दै छन् । आन्तरिक उल्झन अन्त्य भए होटल सिग्नेटले पनि यसै वर्ष क्यासिनो सञ्चालन गर्न सक्छ ।

सोल्टी होटलका प्रबन्ध निर्देशक इन्द्र खड्काले केही दिनमै क्यासिनो शुभारम्भ हुने जानकारी दिए । ‘बढिमा एक/दुई हप्ता लाग्छ । त्यस समय भित्र हामी क्यासिनो शुरु गर्छौ ।’—खड्काले भने । सोल्टी होटलले लाईभ क्यासिनो सञ्चालन गर्न लागेको हो ।  सिद्धार्थ होटलले पनि दशैं/तिहार आसपासमा क्यासिनो शुरु गर्ने तयारी गरेको छ ।

निर्माणको काम लगभग सकिए पछि अब सञ्चालनको तिथि पर्खेर बसेका छन् । ज्याकपट गेमिङ्ग सेन्टर नाम रहेको सिद्धार्थको क्यासिनोमा झण्डै सय जनाले रोजगारी पाउने छन् । यता होटल सिग्नेटको क्यासिनोको निर्माणको काम पनि धमाधम भइरहेको छ । तर होटल बिक्री गर्ने भन्ने बिषयमा बिवाद उत्पन्न भए पछि क्यासिनोको बारेमा अन्यौल भएको छ । तर होटलका सञ्चालक दीपेन्द्र अग्रवालले क्यासिनो सञ्चालनमा असर नपर्ने बताए ।

होटल सिद्धार्थ ।

नेपालगञ्जमा अहिले स्नेह होटलमा मिनि क्यासिनो सञ्चालन भइरहेको छ । भारतीय पर्यटकलाई लक्षित गर्दै होटल सञ्चालन हुने क्रम बढेको छ । सोल्टी होटलका प्रबन्ध निर्देशक खड्काले क्यासिनोले पर्यटक भित्रा्उन सहयोग पुग्ने बताउँछन् । भारतीय वा तेस्रो देशका पर्यटक बढ्ने खड्काको अपेक्षा छ । सिद्धार्थ बिजनेश ग्रुपका क्षेत्रीय प्रबन्धक केशव न्यौपानेले क्यासिनो सञ्चालनले पर्यटक तान्ने बताउँदै यसले पर्यटन वर्ष २०२० लाई सफल बनाउने सहयोग पुग्ने बताए । नेपालगञ्जका मेयर डा- धवल शमेसर राणाले नेपालगञ्जलाई क्यासिनो सिटी बनाउने र यसलाई प्रोत्साहन गर्ने नीति बनाएका छन् । होटल र क्यासिनो सञ्चालन हुने क्रम बढे पनि अन्र्तराष्टिय हवाई उडान नहुँदा यहाँ पर्यटक आउन सकेका छैन् ।

 

प्रकाशित मितिः     १९ भाद्र २०७६, बिहीबार १५:२४  |