कर्णालीका बारे शेखर गोल्छाले भने,–‘सुखद भविष्यको उत्साह छ’


शेखर गोल्छाको फेसबुक पेजबाट

’नेपालगञ्ज २० भदौ -नेपाल उद्योग वाणिज्य महासंघका वरिष्ठ उपाध्यक्ष शेखर गोल्छाले कर्णाली प्रदेशमा निजी क्षेत्रको लगानी र भूमिका बढाउने प्रण गरेका छन् । केवल आश्वासन मात्रै नभई केही योजना समेत रहेको वरिष्ठ उपाध्यक्ष गोल्छाले बताए ।

‘मसँग केहि योजना पनि छन् । कर्णाली प्रदेशको भौगालिक बनावट र यहाका सम्भावना हेर्दा हामीले यसका लागि विशेष खाले कार्यक्रम तयार गर्नुपर्छ । –उनले भने । जुम्लामा सुरु भएको दोस्रो कृषि पर्यटन सांस्कृतिक तथा औद्योगिक व्यापार महोत्सवमा मन्त्व्य दिदै गोल्छाले तुलनात्मक लाभका वस्तु तथा सेवाको पहिचान गर्नुपर्नेमा जोड दिए । उनले विश्वका अतिकम विकसित मुलुकलाई यसरी लाभका वस्तु पहिचान गर्न विश्व व्यापार संगठनले पनि सहयोग गर्दै आएको नेपालका यस्ता लाभका वस्तु पहिचान पनि भएको बताए ।

‘तर कर्णालीका लागि विशेष अध्ययन चाहिन्छ । म केन्द्र सरकार, प्रदेश सरकार, महासंघ र विकास साझेदारहरुसँग छलफल गरि ती वस्तु तथा सेवाको पहिचान र तिनको बजार विस्तरका लागि पहल गर्नेछु। स्वीटजरल्याण्ड जस्ता देशहरु लाभका ५र७ वटा वस्तु तथा सेवाको मात्र व्यापार गरेर विश्वकै धनी मुलुक बनेका छन् भने हामी पनि सफल हुनेछौ ।’–गोल्छाले भने ।

यहाँको जडीवुटी, कृषि उपज, पर्यटन, जलविद्युत, वहुमुल्य धातूहरु निक्कै सम्भावना भएका वस्तु तथा सेवा हुन्। जडीवुटी र कृषि उपजमा उत्पादकदेखि उपभोक्ता सम्म कोहि मारमा नपरुन भन्ने तर्फ त्यो अध्ययनले सरकार र निजी क्षेत्रको ध्यानाकर्षण गराउने छ। अर्गा्निक प्रदेशको सपना जुन सरकारले देखेको छ त्यसमा मेरो सहयोग र सहकार्य रहनेछ । जलविद्युत पर्यटनमा भएका समस्यालाई स्थानिय र केन्द्र तहबाट कसरी समाधान निकाल्न सकिन्छ भन्ने पहल गरिनेछ ।

गोल्छाले आजभोली कर्णाली प्रदेश आउँदा यहाँ अभूतपूर्व उत्साह र जाँगर देख्न थालेको छु। त्यो मूख्यमन्त्री वा मन्त्री वा सरकारी अधिकारीमा मात्र होइन उद्यमी, व्यवसायी र सर्वसाधारणमा पनि देखिने गरेको छ। गोल्छाले सबै जनाले सहज जीवनयापन हुने परिकल्पना गर्न थालेको बताए । उनले आफ्ना सन्ततिको सुखद भविष्यको आशा गर्न थालेको उल्लेख गरे । उनले भने,–‘सरकारले त्यसलाई सार्थक बनाउन प्रयास पनि गरिरहेको छ। जुन उत्साहपूर्ण छ। यस क्षेत्रको मुहार फेर्न सकिन्छ तर चुनौति पनि उत्तिकै छन्।’

प्रकाशित मितिः     २० भाद्र २०७६, शुक्रबार १६:४४  |