काञ्जीहाउसका सुत्केरी गाईलाई बिशेष हेरचाह !


नेपालगञ्ज – नेपालगञ्जको विर्तामा रहेको काञ्जीहाउसको पूर्वपट्टी बाँधेको गाईको तस्वीर हो, यो । कसैको घरमा पालेको नभई काञ्जीहाउसमा उद्धारका लागि ल्याएको थियो । त्यही बाच्छो जन्मायो । काञ्जीहाउसमा सुत्केरी गाई र बाच्छोको स्याहार, सुसार राम्रो नहुने देखेपछि कामदारले यसरी अलग्गै बाँधेका हुन । चार महिनाको उक्त सुत्केरी गाई र बाच्छाको बिशेष ख्याल गरिएको छ ।

प्लाष्टिक मात्र दिशा गर्ने गाईलाई भिटामिन दिईन्छ । घाँस र भुस दिन कुनै कन्जुस्याई गरिएको छैन । गाईको स्याहार गर्ने हरि चौधरी भन्छन्–‘बाहिरबाट ल्याउँदा प्लाष्टिक मात्र दिशा गथ्र्यो तर अहिले उपचार गरेपछि राम्रो भएको छ ।’ नेपालगञ्ज उपमहानगरपालिका माथि गौहत्याको आरोप छ । नेपालगञ्जको कान्जिहाउसबाट दैलेख लगेका गाई सुर्खेतमा मरेको अवस्थामा भेटिए ।

उक्त गाई प्रकरणमा सुर्खेतमा मुद्दा परेको छ । यता नेपालगञ्जका मेयर डा. धवल शमसेर राणा राम्रो काम गर्न खोज्दा दुर्घटना भएको बताइरहेका छन् । काञ्जीहाउसमा अहिले पनि २ सय बढि गाई छन् । ती मध्ये सुत्केरी गाईलाई बिशेष ख्याल गरिन्छ ।

प्रकाशित मितिः     २० भाद्र २०७६, शुक्रबार १९:०१  |