बाख्रा व्यवसाय केन्द्रले दशैंमा तीन हजार खसी बेच्ने


नेपालगञ्ज २३ भदौ – सामाजिक उद्यमी जिल्ला सहकारी संघ बाँकेद्धारा सञ्चालित बाँके बाख्रा व्यवसाय केन्द्र ढकेरीले आउने दशैका लागि तीन हजार खसी काठमाण्डौं विक्री गर्ने भएको छ । गत वर्षको दशैं भन्दा दोव्वर लक्ष्य तोकिएको महिला उद्यमीलाई प्राविधिक सहयोग गर्दै आएको हेफर नेपालका कार्यक्रम अधिकृत शरद पोख्रेलले जानकारी दिए ।

गत आर्थिक वर्षमा १५ सय खसी दशैंमा विक्री भएकन थिए । अब भने तीन हजार लैजाने लक्ष्य तोकिएको छ । हेफर इन्टरनेशनलले कार्यक्रम बिस्तार गरेका बाँके, बर्दिया, सुर्खेत, दाङ्ग, सल्यान र प्युठान जिल्लाका ४२ वटा सहकारीमा आवद्ध महिलाहरुले खसी,बोकाको व्यवसायीक कारोवार गर्दै आएका छन् । ४१ सहकारीमा २४ हजार ४ सय ३१ महिला शेयर सदस्य छन् । उनीहरुको कुल शेयर पुँजीमात्र २९ करोड २५ लाख रहेको छ । उक्त सहकारीमा आवद्ध महिलाहरुले उन्नता जातको खसीबोका व्यवसायिकरुपमा पालन गरेर बिक्री गर्दै आएका छन् । सोही क्रममा चालु आर्थिक वर्षको पुस महिनासम्म आम्दानी गरेका हुन । हेफर इन्टरनेशनलका अनुसार बिगतमा रहेका हचुवाको भरमा बिक्री गर्ने परिपाटी अन्त्य भएको छ ।

महिलाहरुले पालेका खसीबोकाको बजारिकरणमा समस्या नहोस् भन्नका लागि बाँकेको ढकेरीमा एक पटकमा ५ सय खसी बाख्रा राख्न मिल्ने नमुना केन्द्रको रुपमा विकास गरिएको निर्माण गरिएको केन्द्रका व्यवस्थापक कृष्ण केसीले बताए । यसलाई बिस्तार गरि उक्त केन्द्रमा खसीरबाख्राको संख्यामा बृद्धि गर्दै व्यावसाय सञ्चालन गर्ने र आगामि २ वर्ष भित्रमा केन्द्रमा वार्षिक ३० हजार बढी खसी संकलन गरी विक्रि बितरण गर्ने योजना रहेको उनले बताए ।

प्रकाशित मितिः     २३ भाद्र २०७६, सोमबार ११:४६  |