‘एयरफेयर’ घटाएर पर्यटकबाट ‘डेभलपमेन्ट सर्पोट लेभी’ लिनुपर्ने !


नेपालगञ्ज २३ भदौ – पश्चिम क्षेत्रमा पर्यटक नआउनुका धेरै कारण मध्ये एक हो, महङ्गो हवाई भाडा । विदेशी पर्यटकका लागि लागु हुँदै आएको महङ्गो एयरफेयर घटाउनुपर्ने आवाज उठ्दै आएको छ । तर यस्तो आवाज नेपाल राष्ट्रिय पर्यटक रणनीतिमा समेत समेटिएको छ ।विदेशी र नेपाली नागरिकहरू लागि मूल्य विभेदमा पुनरावलोकन गर्नुपर्ने वायुसेवाहरूले विदेशी नागरिकहरू र नेपाली नागरिकहरूबाट फरक फरक भाडा लिने नीति लिएका छन् ।

‘यस्ता नीतिका सम्बन्धमा खुला रूपमा जानकारी गराउनुपर्छ, जुन स्थानीय र कम आर्थिक क्षमता भएका यात्रुहरूका लागि राहत हो । त्यसैगरी स्थानीयका लागि अत्याधुनिक हवाइ पहुँच उपयोग गर्न सक्ने बनाउनु जरूरी पनि छ ।’– रणनीतिक प्रतिवेदनमा उल्लेख छ । विदेशी नागरिक वा पर्यटकहरूसँगं विकास सहयोग शुल्क अर्थात् “डेभलप्मेन्ट सपोर्ट लेभी” भन्ने व्याख्या गरी फरक मूल्य लिँदा राम्रो हुने सुझाव दिइएको छ । स्थानीय अर्थतन्त्रको विकास हुँदै जाँदा समय–समयमा मूल्यमा भएको फरकका सम्बन्धमा पुनरावलोकन गरी मूल्यान्तर कम गर्दै जाने प्रयास गर्नुपर्ने रणनीतिक कार्ययोजनाको सुझाव छ ।

सन् २०१६ देखि २०२५ सम्मका लागि पर्यटनको विकासका लागि उक्त रणनीति तयार भएको हो । २०७२ चैत २६ गते मन्त्रिपरिषद बैठकको निर्णय अनुसार उक्त रणनीति कार्यान्वयनमा छ । नेपालको राष्ट्रिय पर्यटन रणनीतिक योजना, २०१६–२०२५, नेपाल सरकारको मध्यावधिक रणनीतिक दस्तावेज हो, जुन नेपालको समग्र पर्यटन विकासका लागि अति आवश्यक मानिएको छ । उक्त योजनामा समेटिएको एयरफेयरको बिषयमा चारवर्ष बित्दा समेत कार्यान्वयन हुन सकेको छैन ।

https://nepalgunjbusiness.com/2019/09/11229/?fbclid=IwAR0ksA28b7RFqvVQ2U1_hsm9cQ-mOTlYX0Bf_biKbatF4lDjngsLcfzsd5Y

https://nepalgunjbusiness.com/2019/09/11211/?fbclid=IwAR1L31upszuTifa06eNXk6Dtw3rMeaIVwrrycZnM0gEUvOQiv2sLYtIEBnE

प्रकाशित मितिः     २३ भाद्र २०७६, सोमबार १५:५५  |