पूर्वाधार सम्मेलन : प्रदेश ५, कर्णाली र सुप प्रदेशका यस्ता परियोजना प्रस्तुत गरिदै


नेपालगञ्ज – नेपाल उद्योग परिसंघले आज बुधबारदेखि काठमाण्डौंमा पूर्वाधार सम्मेलन आयोजना गर्दैछ । प्रारम्भिक पहिचान भएका ८२ सहित ११५ परियोजना सम्मेलनमा प्रस्तुत  (शोकेस) गर्ने भएको छ । प्रदेश ५ का ५ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्ब बराबरको प्रदेश इनोभेसन सेन्टर रूपन्देही, ९६ अर्ब बराबरको नौमुरे बहुउद्देश्यीय आयोजना, १० अर्ब बराबरको लाइफ स्टक भ्यालु चेन्ज परियोजना, २ अर्ब बराबरको राप्ती अन्र्तराष्ट्रिय रंगशाला र १.५ अर्ब बराबरको रुरु धार्मिक तथा पर्यटकीय क्षेत्र पाल्पा र गुल्मी शोकेस गर्न लागिएको परिसंघले जनाएको छ ।
कर्णाली प्रदेशले पहिचान भएका ६२ र अध्ययन भएका ६ परियोजना शोकेस गर्न लागिएको छ । १ अर्बको रत्न प्रोसेसिङ कम्पनी सुर्खेत, २५ अर्बको जगदुल्ला जलाशययुक्त आयोजना डोल्पा, १ अर्बको हिमालय हर्ब मेडिसिन कम्पनी, ४ अर्बको माउण्टेन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी सुर्खेत, १ अर्बको कर्णाली जडिबुटी प्रशोधन कम्पनी र ६४ अर्बको सुर्खेत हिल्सा दु्रतमार्ग शोकेस गर्न लागिएको परिसंघले जनाएको छ । त्यसैगरी, सुदूरपश्चिम प्रदेशमा ३ पहिचान भएका र ६ अध्ययन भएका आयोजना शोकेस गर्न लागिएको छ । परिसंघका अनुसार सुदुरपश्चिम प्रदेशमा १० अर्बको सोलार ऊर्जा परियोजना दिपायल सिलगढी, १ अर्बको सिप फार्मिङ एड ऊल उद्योग, ५ अर्बको रामरोशन एकीकृत पर्यटन अछाम, ५ अर्बको बडीमालिका केबलकार बाजुरा, १– ६ अर्बको सिमेन्ट उद्योग कैलाली तथा १ अर्बको हर्बल उत्पादन, संकलन तथा प्रशोधन परियोजना शोकेस गरिन लागेको छ ।

प्रदेश ५

१. प्रदेश इनोभेसन सेन्टर रूपन्देही

२. नौमुरे बहुउद्देश्यीय आयोजना

३. लाइफस्टक भ्यालु चेन्ज परियोजना

४. राप्ती अन्तर्रा्ष्ट्रिय रंगशाला दाङ

५. रुरु धार्मिला तथा पर्यटकीय क्षेत्र पाल्पा र गुल्मी

कर्णाली प्रदेश

१. रत्न प्रोसेसिङ कम्पनी सुर्खेत

२. जगदुल्ला जलाशययुक्त आयोजना डोल्पा

३. हिमालय हर्ब मेडिसिन कम्पनी

४. माउन्टेन युनिभर्सिटी अफ साइन्स एण्ड टेक्नोलोजी

५. कर्णाली जडिबुटी प्रशोधन कम्पनी

६. सुर्खेत हिल्सा दु्रतमार्ग

अन्य परियोजना ६२

सुदूरपश्चिम प्रदेश

१. सोलार ऊर्जा परियोजना दिपायल सिलगढी

२. सीप फार्मिङ एड ऊल उद्योग

३. रामरोशन एकीकृत पर्यटन अछाम

४. बन्दीमालिका केबलकार बाजुरा

५. सिमेन्ट उद्योग कैलाली

६. हर्बल उत्पादन, संकलन तथा प्रशोधन

अन्य ३ परियोजना

स्रोतः नेपाल उद्योग परिसंघ

प्रकाशित मितिः     २५ भाद्र २०७६, बुधबार ०८:०६  |