सुर्खेत २५ भाद्र । सुर्खेतका नयाँ प्रमुख जिल्ला अधिकारी वसन्त अधिकारीले निजी क्षेत्रसंगको सहकार्य बिना उद्देश्य प्राप्ति नहुने भएकाले आपूmले निजीक्षेत्रसंगको सहकार्यलाई उच्च प्राथमिकतामा राखेको बताउनु भएको छ । हालै मात्र सरुवा भएर आउनु भएका प्रजिअ अधिकारीले बुधबार संघमा गरिएको स्वागत तथा परिचयात्मक कार्यक्रममा शान्तिसुरक्षा र सुशासनमा निजी क्षेत्रको भूमिकापनि उत्तिकै हुने भन्दै यस्तो बताउनु भएको हो ।
आपूmले जिल्लाको शान्तिसुव्यवस्था, सुशासन, विकास निर्माणमा सहजीकरणका लागि कार्ययोजना बनाएर कार्यान्वयन गर्ने जानकारी उहाँले दिनुभयो । अहिले सर्वपक्षीय रुपमा भेटघाट र छलफल गरी सूचना र सुझाव संकलनको काम भैरहेको छ । प्रजिअ अधिकारीले भन्नुभयो, सोहि अनुसारको रणनीतिक कार्यायोजना बनाएर कार्यान्वयन गरिन्छ ।
आपूmपनि स्वच्छ र स्वस्थ बजारको पक्षमा रहेको भन्दै प्रजिअ अधिकारीले निजीक्षेत्रलाई दण्डजरिमाना र कारवाहीका नाममा तर्साउने पक्षमा आपूm नरहेको उल्लेख गर्नुभयो । प्रचारात्मक, प्रवद्र्धनात्मक र निरोधात्मक अभियानलाई प्राथमिकतामा राखेर आपूmले काम गर्ने भन्दै उहाँले भन्नुभयो, यत्ति गर्दा गर्दैपनि अटेर गरे त कानून बमोजिम कारवाही भने गर्नैपर्छ ।
निजी क्षेत्रले पनि नाफा कमाउने नाममा आप्mनो व्यवसायिक धर्म, कर्म, मर्म र शर्मलाई विर्सन नहुने सुझाव दिंदै उहाँले भन्नुभयो, व्यवसायिकसंगै मानवीय धर्मपनि पूरा गरिदिनुस कसैसंग डराउनपर्दैन ।
म्याद गुज्रेका, मिसावट गरेका, कमसल खाद्य पदार्थले मानव स्वास्थ्यमा गम्भीर असर पुग्ने भन्दै उहाँले यसतर्फ सचेत र सम्वेदनशील हुनपनि आग्रह गर्नुभयो ।
कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघ कर्णाली प्रदेश अध्यक्ष पदमबहादुर शाहीले व्यवसायीबाट जान अञ्जानमा हुने सानातिना त्रुटीकमजोरीलाई अतिरञ्जित गरी व्यवसाय नै धराशायी बनाउने काम भएको भन्दै असन्तुष्टि पोख्नुभयो ।
बजार अनुगमनका बेला कुनै गल्तिकसुर भेटिए कानून वमोजिम सजाय गर्नुपर्ने कर्मचारीले नै व्यवसाय चौपट र लगानी डुब्ने गरी मिडियावाजी गरिदिंदा आपूmहरु मर्कामा परेको उहाँको भनाई छ ।
संघका अध्यक्ष धनबहादुर रावतले व्यापारी व्यवसायीहरुको व्यक्तिगत तथा व्यवसायिक सुरक्षाका लागि संघले विगतदेखि नै स्थानीय प्रशासनसंग समन्वय र सहकार्य गर्दै आएको भन्दै आगामी दिनमा निरन्तर रहने बताउनुभयो ।
बजारमा सीसी क्यामेरा जोड्ने लगायतका अन्य कार्यले निजी क्षेत्र र सरकारी क्षेत्रबीचको सहकार्यलाई उचाइमा पुर्याएको भन्दै उहाँले साझा समस्याबारे आपसी समझदारीमा समाधान खोजिनुपर्नेमा जोड दिनुभयो ।
कार्यक्रममा संघको कार्य समिति, वस्तुगत समितिका अध्यक्ष पदाधिकारी लगायतले टफिक तथा पार्किंग व्यवस्थापन, लागूऔषध नियन्त्रण लगायत विभिन्न विषयमा सुझाव दिएका थिए ।
संघका महासचिव लक्ष्मण कंडेलले सञ्चालन गरेको कार्यक्रममा वाणिज्य उपाध्यक्ष दीपेन्द्र ढकालले धन्यवादसहित समापन गर्नुभएको थियो ।