पर्यटनमन्त्री दशैंअघि बाँके आउने , हवाई उडान र पर्यटनका बारे सर्वपक्षिय छलफल गर्ने


नेपालगञ्ज – पर्यटन मन्त्री योगेश भट्टराई बाँकेको समग्र पर्यटन तथा सांस्कृतिक क्षेत्रको विकासका विषयमा सर्वपक्षिय छलफल गर्न दशैंअघि नेपालगञ्ज आउने भएका छन् । आज बुधवार काठमाण्डौंमा नेकपा बाँकेका इन्चार्ज दिनेशचन्द्र यादव, नेता रत्न खत्री, स्वतन्त्र राजनीतिक समूहका पशुपति दयाल मिश्रले मन्त्री भट्टराईलाई भेटेका थिए ।

उक्त भेटमा मन्त्री भट्टराईले बाँकेको पर्यटन विकासमा आफ्नो मन्त्रालयको तर्फबाट कुनै प्रकारको विभेद नभएको बताए । ‘नेपालगञ्ज विमानस्थलको स्तोरन्न्ती भइरहेको छ । तराईका जिल्ला भनेर स्वभाविकरुपमा उक्त विमानस्थललाई समेत कार्ययोजनामा समेटिएको छ ।’– भेटघाटमा मन्त्री भट्टराईले भने,–‘नेपालगञ्जलाई पछि पार्नुपर्ने कुनै कारण छैन ।’

मन्त्री भट्टराईले नेपालगञ्ज बिमानस्थलबाट हुने नयाँ पर्यटकीय गन्त्व्यको उडान, धार्मिक क्षेत्रको विकास लगायतका विषयमा बृहद छलफल गर्न दशैंअघि नेपालगञ्ज आउने प्रतिवद्धता जनाएको नेकपाका नेता रत्न खत्रीले जानकारी दिए । खत्रीका अनुसार, मन्त्री भट्टराईले नेपलागञ्जको विकासलाई उच्च प्राथमिकता दिएको बताएका छन् । भेटमा सहभागि पशुपति दयाल मिश्रले मन्त्री भट्टराईसंगको छलफल सकारात्मक भएको बताए । आगामी दिनमा निरन्तर हुने पहल जिल्लाको विकास हुने उनको भनाई छ ।

https://nepalgunjbusiness.com/2019/09/11334/

प्रकाशित मितिः     २५ भाद्र २०७६, बुधबार १६:११  |