सुर्खेत २५ भदौ – नेपाल घरेलु तथा साना उद्योग महासङ्ग जिल्ला महिला उद्यमी समिति सुर्खेतको अध्यक्षमा पार्वती लामिछाने निर्वाचित भएकी छन् । छैंठौ वार्षिक साधारणसभाले लामिछानेलाई अध्यक्ष निर्वाचित गरेको हो ।
समितिको बरिष्ठ उपाध्यक्षमा बसन्ती अधिकारी, उपाध्यक्षमा बालकुमारी सुनार,कोषाध्यक्षमा रत्ना केसी रहेका छन् । त्यस्तै सदस्यमा सावित्रा ढकाल, मनुदेवी बुढा र डिला थापा रहेका छन् । अन्य पदाधिकारी र सदस्य मनोनित गरिनेछ । साधारणसभामा घरेलु तथा साना उद्योग महासंघ सुर्खेतका अध्यक्ष सुमननाथ योगी लगायतको सहभागिता रहेको थियो ।