न लगानी सम्मेलन भयो न त योगी आदित्यनाथ नै आए


नेपालगन्ज २८ भदौ – गत चैत महिनामामा गृहनगर नेपालगञ्जमा भएको एउटा कार्यक्रममा नेपाल उद्योग वाणिज्य महासंघको अध्यक्ष भवानी राणाले बाँके र बर्दियाका लागि नेपालगञ्जमा लगानी सम्मेलन गर्ने घोषणा गरिन । बाँके र बर्दियामा ठुला उद्योग भित्रा्उन नेपालगन्जमा लगानी सम्मेलन गरिने उनको भनाई थियो । सम्भव भएसम्म दशैं अगाडी नै त्यस्तो सम्मेलन गर्ने तयारी भइरहेको नेपाल उद्योग वाणिज्य महासंघकी अध्यक्ष भवानी राणाले बताएकी थिईन ।

दशैं नजिक आईसक्दा समेत त्यस्तो सम्मेलनको सामान्य चर्चा समेत हुन सकेको छैन । बाँके र बर्दियामा लगानीको प्रशस्त सम्भावना छ । तर पनि लगानीकर्तालाई आर्क्षित गर्न सकिरहेको छैन । यस्तो अवस्थामा हुने लगानी सम्मेलनले यसक्षेत्रमा उल्लेखिय प्रभाव राख्न सक्छ । तर त्यसरी गर्ने भनिएको लगानी सम्मेलन गफमै सिमित बन्ने खतरा देखिएको छ ।

लगानी सम्मेलन बाहेक भारत उत्तरप्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथ नेपालगञ्ज आउने भनिएको थियो । मानसरोवर तिर्थयात्रीको बिदाईका लगि यहाँ आउने चर्चा उनलाई भेट्न लखनउ पुगेका यहाँ उद्योगी, व्यवसायीले चलाएका थिए । मानसरोवर तिर्थयात्रा सकिन लाग्दा समेत त्यसमा केही प्रगति भएन । योगी आदित्यनाथ आफै नेपालगञ्ज आउन चाहेका थिए । यि विषयलाई गम्भीरतापूर्वक सरोकारवाला निकायले लिएनन् । नेपालगञ्जमा घोषणा गरिएका कुरा घोषणामै सिमित भएका छन् ।

 

https://nepalgunjbusiness.com/2019/03/4836/?fbclid=IwAR0tZzEEbwnMU3Q6jA0SQVQPGasdtYNhBWmh5zQi5CWbdul6_B-GXnyzoec

प्रकाशित मितिः     २८ भाद्र २०७६, शनिबार १०:५७  |