नेपालगञ्ज सर्दै कैलालीका उद्योग


नेपालगञ्ज ३० भदौ – पर्याप्त जग्गा र उद्योगमैत्री नीति नहुँदा सुदूरपश्चिम प्रदेशको राजधानी कैलालीबाट ठुला उद्योग पलायन हुँदै छन् । त्यहाँका उद्योग नेपालगञ्ज सर्न थालेको नेपचुाल उद्योग वाणिज्य महासंघका पूर्व केन्द्रीय सदस्य गोपाल हमाल बताउँछन् । सुदूरपश्चिममा उद्योगीमैत्री वातावारण बनाउन राज्यले ध्यान नदिएको हमालको बुझाई छ ।

लम्कीचुहामा सञ्चालनमा रहेको डल्फिन समूह अन्र्तगतका दुईवटा उद्योग नेपालगञ्ज आउँदै छन् । उद्योग सञ्चालक सुर्य थापाले जग्गा अभावका कारण कैलालीबाट नेपालगञ्जमा उद्योग सार्न लागेको बताउँछन् । उनी भन्छन्,–‘उद्योग भएका ठाउँ वरपर बस्ती बिस्तार गर्नाले समस्या भइरहेको छ ।’ कैलाली पश्चिम नेपालमा बाँके पछि दोस्रो ठुलो औद्योगिक हवका रुपमा बिस्तार हुँदै छ । तर स्पष्ट औद्योगिक नहुँदा सोंचे जस्तो उद्योगको संख्या थपिन नसकेको महासंघका केन्द्रीय सदस्य हमाल बताउँछन् । त्यसैका कारण त्यहाँका उद्योग नेपालगञ्ज आउन लागेका हुन ।

देउती गुट्खा प्याकेजिङ्ग उद्योग धेरै पहिले नेपालगञ्ज आइसकेको छ । डल्फिन समूहका उद्योगहरु यहाँ आउने क्रममा छन् । त्यस उद्योग अन्र्तगत दाना, चामल, ह्याचरी उद्योग सञ्चालनमा छन् । नेपालगञ्ज मात्र नभई भैरहवामा समेत उद्योग सञ्चालनको तयारी भइरहेको छ। कैलालीमा हालसम्म एउटा पनि औद्योगिक क्षेत्र छैनन् ।

प्रकाशित मितिः     ३० भाद्र २०७६, सोमबार ०७:४४  |