कृष्णप्रसाद श्रेष्ठ र भाष्कर काफ्ले थप सदस्यमा मनोनित, जिल्लास्तरिय समिति गठन गर्ने निर्णय


नेपालगञ्ज ३० भदौ – नेपाल भ्रमण वर्ष २०२० प्रदेश नं. ५ स्तरिय प्रर्बद्धन समितिको पहिलो बैठक आज बुटवलमा सम्पन्न भएको छ । मुख्यमन्त्री शंकर पोख्रेलको प्रमुख आतिथ्यता र उद्योगमन्त्री लिला गिरीको अध्यक्षतामा बसेको बैठकले जिल्लास्तरिय पर्यटन प्रर्बधन समिति गठन गरी स्थानीयस्तरसम्म पर्यटन प्रर्बधनको काम गर्ने निर्णय गरेको छ । समिति सदस्य कृष्ण चौधरीका अनुसार, जिल्ला समन्वय समितिका संयोजकको अध्यक्षतामा सरोकारवाला निकायका अगुवाको प्रतिनिधित्व हुने गरी समिति गठन हुने छ ।

बैठकले प्रर्बधन समितिमा नेपालगञ्जबाट व्यवसायी कृष्णप्रसाद श्रेष्ठ, भाष्कर काफ्ले,नेपालगञ्ज उपमहानगरपालिका, बाँके र बर्दिया राष्ट्रिय निकुञ्जका वार्डेन, ठाकुरबाबा नगरपालिकाका मेयर लगायतलाई सदस्यमा मनोनित गरेको छ । बाँकेबाट यसअघि कृष्ण चौधरी र अतिश समशेर राणा सदस्य भइसकेका छन् ।

बैठकमा सम्बोधन गर्दै मुख्यमन्त्री शंकर पोख्रेलले प्रदेशको पर्यटन विकासका उच्च प्राथमिकता दिएको बताए । ‘पर्यटन प्रर्बधनको लागि हामीले कुनै कन्जुस्याई गरेका छैनौ । यहाँहरु पनि शहरदेखि गाउँसम्म पर्यटन विकासका बारे जागरण फैलाउन लाग्नुहोस् ।’– मुख्यमन्त्री पोखरेलले भने ।

प्रकाशित मितिः     ३० भाद्र २०७६, सोमबार १८:२०  |