बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर बनाउन पुरातत्व विभागको अनुमति


नेपालगञ्ज – नेपालगञ्जको बागेश्वरी मन्दिरमा नयाँ संरचना निर्माणका लागि पुरातत्व विभागले सहमति दिएको छ । पुरातत्व विभागले नेपालगञ्जको बागेश्वरी मन्दिरको दक्षिणतर्फ सटर निर्माण गर्न लागिएको क्षेत्र  कार्यक्षेत्रभित्र नपर्ने  भन्दै  संरचना निर्माण गर्न सकिने निर्णय गरेको छ ।

  विभागले  स्थलगत निरिक्षणमा सो संरचना एतिहासिक र पुरातत्व दृष्टिले पुरातत्व विभागको  कार्य क्षेत्र भित्र नपर्ने  स्पष्ट पारेको छ । विभागले बागेश्वरी मन्दिर ऐतिहासिक,धार्मिक र सांस्कृतिक दृष्टिले महत्वपूर्ण रहेको हुँदा वातावरणीय पक्षमा नकारात्मक असर नपार्ने गरि गर्न समेत अनुरोध गरेको छ ।  समितिका सचिव गोपाल अधिकारीले सटर निर्माणबाट मन्दिरको स्वरुप, मन्दिरको सौन्दर्यकरण, मन्दिरप्रतिको जनआस्था लगायत कुनै पनि किसिमको प्रतिकुल असर नपर्ने विश्वास दिलाउनुभएको छ ।

प्रकाशित मितिः     २ आश्विन २०७६, बिहीबार ०९:०८  |