नेपालगञ्ज – गरिमा विकास बैंकले नेपालगञ्जमा घरदैलो अभियान सञ्चालन गरेको छ । शहरका विभिन्न ठाउँका सर्वसाधारणको घरदैलोमा पुगेर बैंकका कर्मचारीले वित्तीय साक्षरताका विषयमा जानकारी गराउनुका साथ आफ्नो बैंकका बारेमा प्रशिक्षित गरे ।
घरदैलोको क्रममा बैंकले दिने सेवा, सुविधा सहित वित्तीय साक्षरताका बारेमा जानकारी दिएको नेपालगञ्ज शाखाका कर्जा इकाई प्रमुख बिष्णु पौडेलले जानकारी दिए । सरकारले वित्तीय साक्षरतालाई बढावा दिन हरेक नेपालीलाई खाता सन्चालन गर्ने अभियान चलाएको छ । सोही क्रममा बैंकहरुले घरदेलो अभियानलाई तिव्र बनाएका छन् ।
गरिमा विकास बैंक २०६४ सालदेखि औपचारिकरुपमा सन्चालन भएको हो । उक्त बैंकले स्तोरन्नती भएपछि राष्टियस्तरको विकास बैंक भएको छ । हाल सातवटै प्रदेशमा ८३ शाखा सन्चालनमा रहेका छन् ।