संविधान दिवशमा प्रदेश नं. ५ सरकारबाट पदक पाउनेको नामावली


नेपालगञ्ज – संविधान दिवश २०७६ को अवसरमा प्रदेश नं. ५ सरकारले विभिन्न क्षेत्रमा अतुलनीय योगदान दिने व्यक्तिलाई पदक प्रदान गर्दैछ । भोली संविधान दिवशका अवसरमा घोषणा गरिने उक्त पदक प्रदेश स्थापना दिवशका अवसरमा प्रदान गरिने छ । कला, साहित्य, विकास र राजनीतिक आन्दोलनमा बिशिष्ट योगदान दिनेलाई प्रदेश सरकारले पदक दिन लागेको हो । आफ्नो जीवनकालमा समाज परिवर्तनमा महत्वपुर्ण योगदान दिने व्यक्तीलाई मरणोरान्त पुरस्कार प्रदान गरिदै छ । नाम केहीबेरमा

बुद्ध शान्ति पदक : भिक्षु नावातामे (मरणोपरान्तम), (लुम्विनीको विकास र शान्ति स्तुपा निर्माण गर्दागर्दै हत्या भएको),जापान

प्रदेश प्रमुख जनसेवा पदक

प्रथम : मोदनाथ प्रश्रीत (संघीय गणतन्त्र सुद्धृडिकरण, कला, साहित्य क्षेत्रमा उत्कृष्ट योगदान), रुपन्देही

द्धितीय : कृष्ण सेन इच्छुक (मरणोपरान्त) ( पत्रकारिता र कला,साहित्यमा बिशिष्ट योगदान र संघीय गणतन्त्र प्राप्तीको संर्घषमा निधन भएको), अर्घाखाँची

द्धितीय : प्रकाश श्रेष्ठ ( प्रदेशको प्रथम आवधिक योजना तर्जुमामा विशिष्ट योगदान)

तृतिय : सुर्यप्रकाश पुन, परम्पराग गौतम ( मरणोपरान्त) (गणतन्त्र प्राप्तीको आन्दोलनका क्रममा श्रीमान श्रीमतीको निधन), रुकुम पूर्व

तृतिय : भगौता थारु ( गणतन्त्र प्राप्तीको आन्दोलनमा लाग्दा एकै परिवारका छ जनाले ज्यान गुमाएको)दाङ्ग

मुख्यमन्त्री प्रज्वल दीप पदक

प्रथम : उत्तरकुमार ओली (मरणोपरान्त), प्रदेशको विकासमा योगदान, दाङ्ग

प्रदेश सेवा सर्मपण पदक

प्रथम : डा. तिर्थराज ढकाल, प्रमुख सचिवका रुपमा उत्कृष्ट काम गरेको
द्धितीय : सुरेन्द्र अर्याल, प्रदेश सभाको सचिवका रुपमा उत्कृष्ट काम गरेको

समाजसेवा श्री पदक

प्रथम : नारायण प्रशाद शर्मा रेग्मी, पत्रकारीता र समाजसेवामा उत्कृष्ट काम , दाङ्ग
द्धितीय : शमसेरबहादुर खत्री ( मरणोपरान्त),प्रजातान्त्रिक आन्दोलन र समाज सेवामा उत्कृष्ट गरेको, गुल्मी
द्धितीय : हिमादेवी उपाध्याय (मरणोपरान्त),संस्कृति शिक्षाको विकासमा योगदान,दाङ्ग
द्धितीय : अशोक रोकायक्षेत्री, प्रजातान्त्रिक आन्दोलन र समाजसेवामा योगदान, बाँके
तृतिय : डा. लेखराज सुवेदी,दुर्गम क्षेत्रमा स्वास्थ्य सेवा प्रदान, प्युठान
तृतिय : घण्टप्रसाद अर्याल,पाल्पा मदनपोखरामा सामाजसेवाको कार्यमा योगदान, पाल्पा
तृतिय : एजाज आलम,गौतमबुद्ध सामुदायिक मुटु अस्पताल मार्फत समाजसेवा, रुपन्देही

प्रदेश रत्न

प्रथम : महेश चौधरी, थारु भाषा साहित्यमा उत्कृष्ट योगदान, दाङ्ग
द्धितीय : परमानन्द भण्डारी (मरणोपरान्त), शिक्षा र सामाजिक कार्यमा योगदान, गुल्मी
द्धितीय : चुनप्रसाद शर्मा, कृषिक्षेत्रमा बिशिष्ट योगदान,रुपन्देही
द्धितीय : शशीधर शर्मा, कृषिक्षेत्रमा बिशिष्ट योगदान, रुपन्देही
तृतिय : प्रा.डा बिष्णुराज आत्रेय, भाषा साहित्यक्षेत्रमा योगदान,कपिलबस्तु,
तृतिय : नर्बु लामा,चित्रकला र मुर्तीकलामा योगदान, रुपन्देही
तृतिय : बुद्धिबहादुर रायमाझी, शिक्षाक्षेत्रमा योगदान, अर्घाखाची

तृतिय : चित्रकली बुढा, अल्लो उद्यम व्यवसायमा योगदान, प्युठान
तृतिय : सोमपाल कामी, त्रिकेट मार्फत खेलक्षेत्रमा योगदान, गुल्मी

पुथाश्री शिखर पदक

द्धितीय : कृष्णलाल चौधरी, होमस्टे र पर्यटनका क्षेत्रमा योगदान, बाँके

प्रदेश प्रज्ञा पदक

द्धितीय : लुम्बिनी बाणिज्य क्याम्पस, प्रदेशको सामुदायिक तर्फ उत्कृृष्ट क्याम्पस, रुपन्देही
तृतिय : रेसुङ्गा माध्यामिक विद्यालय, सामुदायिक विद्यालय मध्ये उत्कृष्ट, गुल्मी

प्रजापति गौतमी पदक

तृतिय : पिमकुमारी गिरी, महिला शसक्तिकरणमा योगदान, दाङ्ग
तृतिय : भागिरथी घर्ती, महिला सशत्तिरकरणमा योगदान, रोल्पा

दाङ्गीशरण बलिहाङ्ग पदक

प्रथम : सगुनलाल चौधरी, बेपत्ता, थारु भाषा साहित्यमा योगदान, बर्दिया
द्धितीय : जितबहादुर थापामगर मरणोपरान्त, मगर भाषा साहित्य प्रर्बधनमा बिशेष योगदान, दाङ्ग
तृतिय : एकराज थारु, थारु भाषा प्रर्बधनमा योगदान, बर्दिया
तृतिय : अब्दुल लतिफ शौफ, उर्दु भाषा साहित्यमा योगदान, बाँके,
तृतिय : कौशेलेन्द्र श्रीवास्तव, अवधी भाषामा योगदान, नवलपरासी

 

 

 

प्रकाशित मितिः     २ आश्विन २०७६, बिहीबार २१:०९  |