नेपालगञ्ज – नेपालगञ्जको पहिचान झल्किने ‘नारा’ को खोजी गरिने भएको छ । होटल व्यवसायी संघ बाँकेको अगुवाईमा शुक्रवार भएको उद्योगी, पर्यटन र राजनीतिज्ञले नेपालगञ्जका लागि छोटो र आर्कषक नारा बनाउनुपर्नेमा जोड दिएका छन् ।
‘एउटा यस्तो नारा बनाउँ जसले नेपालगञ्जको पहिचान र समृद्धिलाई झल्काइदिओस’ कार्यक्रमका सहभागिले भने–‘सबैले अपनत्व महसुस हुने गरी त्यस्तो नाराको खोजी गरौं ।’ सुदूरपश्चिमका शुन्दर सुदूरपश्चिम नारा बनाएर बिभिन्न ठाउँमा प्रचार गरिएको छ । त्यस्तै नारा नेपालगञ्जका लागि पनि बनाउन खोजिएको होटल व्यवसायी संघ बाँकेका अध्यक्ष भिमलाल कँडेलले जानकारी दिए ।
त्यस्तो नारा बनाउन सामान्य छलफल भएको र आगामी दिनमा त्यसलाई मुर्तरुप दिने तयारी भएको छ । सबैको सहमतिमा नारा बनाएपछि बिभिन्न भाषामा त्यस्तो नाराका विषयमा प्रचार, प्रसार गरिनेछ ।