श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति, नेपालगन्ज
श्री बागेश्वरी मन्दिरको अवस्था सार्वजनिकरण तथा
मन्दिरको वृहत्तर हित र विकासका लागि सुझाव संकलन
कार्यक्रम – २०७६
मा व्यवस्थापन समितिको तर्फबाट सचिव गोपाल प्रसाद अधिकारीले प्रस्तुत गरेको
प्रतिवेदन
असोज ४, २०७६ नेपालगन्ज
सार्वजनिकरणको उद्देश्य :
बाँके जिल्लाको नेपालगन्ज स्थित श्री वागेश्वरी मन्दिर प्रसिद्ध, प्राचीन एवं पुरातात्वीक महत्वको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय स्थल हो । विशेष गरी हिन्दुधर्मावलम्वीका लागि वागेश्वरी मन्दिर महत्वपूर्ण तिर्थस्थल हो । नेपालका मात्र नभई छिमेकी मुलुक भारत र अन्य देशका हिन्दुधर्म प्रति आस्थावान भक्तजनहरु पनि नियमित रुपमा यस मन्दिरमा पूजापाठ गर्न र दर्शन गर्न आउने गरेका छन् । गुठी संस्थानको राजगुठीको लगतमा बागेश्वरी मन्दिर दर्ता भएको छ । बागेश्वरी मन्दिरको पूजा अर्चना तथा व्यवस्थापन सदियांै देखि मन्दिरका महन्त, स्थानीय प्रशासन, मालपोत कार्यालय, समाज सेवी, उद्योगी व्यवसायी समेतको सक्रियता र सहभागितामा संचालन हुँदै आएको थियो । श्री बागेश्वरी मन्दिरको व्यवस्थापन र सन्चालन गर्नको लागि गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०५७/०२/२४ को निर्णयानुसार प्रथम पटक तत्कालीन जिल्ला विकास समितिका अध्यक्ष श्री ओम प्रकाशजंग राणाको अध्यक्षतामा श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन भई संचालन हुँदै आएको थियो ।
तत्पश्चात वि.सं.२०५९ साल देखि तत्कालीन जिल्ला विकास समिति समेत जनप्रतिनिधि विहिन भएपछि प्रमुख जिल्ला अधिकारीको अध्यक्षतामा वैठकहरु बसी श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको संचालन तथा व्यवस्थापन हुँदै आईरहेको थियो । ५ नं. प्रदेश, कर्णाली प्रदेश र सुदुरपश्चिम प्रदेशको केन्द्रविन्दुमा रहेको नेपालगन्ज शहरमा अवस्थित बागेश्वरी मन्दिर धार्मिक, सांस्कृतिक, व्यवसायिक, पर्यटकीय लगायत हरेक दृष्टिकोणबाट महत्वपूर्ण क्षेत्र हो । यस मन्दिरको व्यवस्थापन, विकास, स्तरोन्नती र प्रचार प्रसारको लागि नागरिक स्तरबाट व्यापक सल्लाह सुझाव आउने गरेको, पत्रपत्रिका तथा संचार माध्ययममा समेत पटक–पटक यस मन्दिरका विषयमा समाचार प्रकाशित हुने गरेको, डा.राज कुमार सुवेदीले बागेश्वरी मन्दिरको विषयमा अध्ययन र अनुसन्धान गरी वि.सं.२०५३ सालमा पुस्तक प्रकाशित गर्नुभएको, सहायक प्रमुख जिल्ला अधिकारी श्री चक्रपाणी पाण्डे समेतले मिति २०७०/०३/२० मा पेश गरेको सुझाव प्रतिवेदनबाट समेत महत्वपूर्ण सुझावहरु दिएको देखिएको, सार्वजनिक सरोकारको विषयमा अधिवक्ता लोकबहादुर शाह र बल बहादुर चन्दले दायर गरेको मुद्दामा उच्च अदालत नेपालगन्ज इजलाश (तत्कालीन पुनरावेदन अदालत) बाट मिति २०७३/०३/२२ मा भएको फैसलाले समेत बागेश्वरी मन्दिरको विकास निर्माण तथा व्यवस्थापनको लागि महत्वपूर्ण आदेश र निर्देशन दिएको, स्थानीय तहको निर्वाचन समेत भईसकेको परिप्रेक्ष्यमा मिति २०७४/०५/१२ गतेका दिन गुठी संस्थानका अध्यक्ष, राजनीतिक दल, जनप्रतिनिधि, पत्रकार, संचारकर्मी, सामाजिक तथा व्यवसायिक संघसंस्थाका प्रतिनिधि, नागरिक समाज समेतको सर्वदलीय, सर्वपक्षीय भेलाबाट सर्वसम्मत रुपमा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन भई सिफारिश सहित गुठी संस्थान केन्द्रीय कार्यालयमा पठाईएको थियो ।
गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०७४/०६/१० को निर्णयानुसार नेपालगन्ज उप–महानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा ५ वर्ष सम्मको पदावधिको लागि श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरी काम, कर्तव्य र अधिकार तोकी जिम्मेवारी दिईएको थियो । यस व्यवस्थापन समितिले आफ्नो कार्यभार सम्हालेको लगभग २ वर्ष पुग्दैछ । वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको आर्थिक, धार्मिक, सांस्कृतिक अवस्था साविकमा के कस्तो थियो ? हाल कुन अवस्थामा रहेको छ ? बागेश्वरी मन्दिरको सन्चालन तथा व्यवस्थापन के कसरी भईरहेको थियो र हाल के कसरी संचालन भईरहेको छ ? भावी योजना के रहेको छ ? भन्ने विषयमा जानकारी गराउने र आगामी दिनहरुमा यस मन्दिरलाई अझ बढी व्यवस्थित र सुदृढ के कसरी बनाउन सकिन्छ ? भन्ने विषयमा सरोकारवाला सवैको राय, सुझाव र सहयोग लिई अगाडि बढ्ने उद्देश्यले बागेश्वरी मन्दिर गुठीको अवस्था र गतिविधिको बारेमा संक्षिप्त जानकारी सहित पहिलो पटक यो सार्वजनिकरण कार्यक्रम को आयोजना गरिएको हो । आगामी दिनहरुमा समेत यहाँहरुको सल्लाह सुझाव अनुसार बागेश्वरी मन्दिरको गतिविधिको बारेमा नियमित रुपमा सार्वजनिक गराउदै जाने प्रतिवद्धता व्यक्त गर्दछौं ।
भाग–१
श्री बागेश्वरी मन्दिर गुठीको व्यवस्थापन तथा संचालन –
(१) २०५७ साल भन्दा पहिलाको अवस्था :
बाँगेश्वरी मन्दिर गुठी संस्थान केन्द्रीय कार्यालयको राजगुठीमा दर्ता भएको देखिन्छ । वि.स.२०५७ साल भन्दा पहिले छुट्टै व्यवस्थापन समिति गठन गरी वागेश्वरी मन्दिर संचालन हुने गरेको अभिलेखबाट देखिएन । श्री योगीराज सिद्धनाथ बाबाका सन्तान दरसन्तानबाट नियमित रुपमा पूजा हुँदै आएको र हाल २४ औं पुस्ताका मूल महन्त श्री चन्द्रनाथ योगीज्यू समेतबाट बागेश्वरी माताको पूजा अर्चना हुने गरेको छ । बागेश्वरी मन्दिरका मुल महन्त, स्थानिय प्रशासन, समाजसेवी, जनप्रतिनिधि, उद्योगी व्यवसायी, स्थानीय नागरिक समेतको सक्रियता र पहलमा मन्दिरको सन्चालन तथा व्यवस्थापन हुँदै आएको देखिन्छ ।
(२) वि.सं.२०५७ साल देखी ०५९ साल सम्म :
श्री वागेश्वरी मन्दिरको व्यवस्थापन तथा संचालन गर्नका लागि गुठी संस्थान, केन्द्रीय कार्यालयको मिति २०५७÷०२÷२४ को निर्णयानुसार पहिलो पटक तत्कालिन जिल्ला विकास समिति बाँकेका सभापति श्री ओम प्रकाशजंग राणाको संयोजकत्वमा तपसील वमोजिमको श्री बागेश्वरी गुठी व्यवस्थापन समिति गठन भएको थियो । उक्त समितिले वि.स. २०५७ साल देखी २०५९ साल सम्म वागेश्वरी मन्दिर गुठी व्यवस्थापन तथा संचालन सम्वन्धी विभिन्न कामहरु गरेको देखिन्छ ।
प्रथम वागेश्वरी गुठी व्यवस्थापन समिति
श्री ओमप्रकाश जंग राणा ,अध्यक्ष, जिविस सभापति
श्री श्याम प्रसाद मैनाली सदस्य तत्कालिन प्रमुख जिल्ला अधिकारी
डा.धवल शम्शेर राणा सदस्य तत्कालिन नेपालगन्ज नगरपालिका प्रमुख
श्री अचुत प्रसाद प्रसाई सदस्य तत्कालीन नेपलागंज उद्योग वाणिज्य संघका अध्यक्ष
श्रीमती उत्तमा हमाल सदस्य तत्कालीन वडा अध्यक्ष वडा नं.३
श्री प्रदिप कुमार वैश्य सदस्य तत्कालिन कसौधन वैश्य समाजका अध्यक्ष
राष्ट्रिय मान्यता प्राप्त पार्टीका जिल्ला स्तरीय प्रमुख तथा प्रतिनिधि सदस्य राष्ट्रिय मान्यता प्राप्त पार्टीका जिल्ला स्तरीय प्रमुख तथा प्रतिनिधि
प्रमुख मालपोत अधिकृत सदस्य सचिव प्रमुख मालपोत अधिकृत
श्री प्रदिप छाछेड सदस्य प्रवन्धक, के.एल.दुगड गु्रप, व्यवसायी
सु–श्री नर्वदा शर्मा खनाल सदस्य समाजसेवी
श्री रतन कुमार टण्डन सदस्य समाजसेवी
श्री हरिहर नाथ योगी सदस्य बागेश्वरी मंन्दिर मूल महन्त
श्री किरण मेहता सदस्य गुरुङ्ग कथ्था उद्योग
(३) वि.सं.२०५९ देखी २०७३ साल सम्म :
मिति २०५९/०५/२५ मा तत्कालीन प्रमुख जिल्ला अधिकारी धुव्रराज वाग्लेको संयोजकत्वमा बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको पहिलो वैठक संचालन भएको देखिन्छ । जनप्रतिनिधि नभएका कारण तत्पश्चात क्रमशः जिल्ला प्रशासन कार्यालय बाँकेका प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मुल महन्त, स्थानिय नागरिक, राजनीतिक पार्टीका नेता, सामाजिक अगुवा, नागरिक समाज, उद्योगी व्यवसायी समेतको सकृयतामा बागेश्वरी मन्दिर गुठी संचालन हुने गरेको अभिलेखबाट देखिन्छ ।
(क) डा. राज कुमार सुवेदीको शोधपत्र (२०५३) :
डा. राज कुमार सुवेदीले बागेश्वरी मन्दिरको बारेमा गहिरो अध्ययन गरी वि.सं.२०५३ सालमा सोधपत्र नै प्रकाशित गर्नुभएको छ । उहाँले उक्त सोधपत्रमा समग्र वागेश्वरी मन्दिरको धार्मिक, सांस्कृतिक एवं पर्यटकीय महत्व, आर्थिक अवस्था, चल अचल श्रीसम्पतिको विवरण र सुझाव समेत उल्लेख गर्नु भएको छ ।
(ख) चक्रपाणी पाण्डे समेतको सुझाव प्रतिवेदन (२०७०/०३/२४) :
श्री वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिका तत्कालीन संयोजक प्रमुख जिल्ला प्रशासन अधिकारी श्री ढुण्डीराज पोख्रेलको अध्यक्षतामा मिति २०५९/११/०८ गते बसेको वैठकले जिल्ला प्रशासन कार्यालय बाँकेका सहायक प्रमुख जिल्ला अधिकारी श्री चक्रपाणी पाण्डेको संयोजकत्वमा बागेश्वरी मन्दिरको चल अचल सम्पति, आय–व्यय, आर्थिक अवस्था समेतका विषयमा अध्ययन गरी प्रतिवेदन पेश गर्नको लागि देहाय बमोजिमको अध्ययन तथा सुझाव समिति गठन भएको देखिन्छ ।
बागेश्वरी मन्दिर अध्ययन तथा सुझाव समिति :
नाम पद प्रतिनिधित्व
श्री चक्रपाणी लम्साल संयोजक सहायक प्रमुख जिल्ला अधिकारी, बाँके
श्री याम बानिया सदस्य सहायक न्यायाधिवक्ता, जिल्ला सरकारी
वकिल कार्यालय बाँके
श्री ऐन बहादुर मल्ल सदस्य प्रहरी नीरिक्षक, वडा प्रहरी कार्यालय ने.गं.
श्री दलबहादुर खत्री सदस्य सचिव अधिकृत, मालपोत कार्यालय बाँके
सुश्री नर्मदा शर्मा सदस्य समाजसेवी
जि.वि.स.प्रतिनिधि सदस्य जिल्ला विकास समिति बाँके
उल्लेखित समितिले वागेश्वरी मन्दिरको धार्मिक एवं सांस्कृतिक महत्व, मन्दिरको आर्थिक अवस्था, आयश्रोत, सटर भाडादरको अवस्था र सुझाव, मन्दिरको चल अचल श्रीसम्पतिको अवस्था, पूजा अर्चना, प्रचलन समेतलाई गहिरो अध्ययन गरी बागेश्वरी मन्दिरको सर्वाङ्गिण विकासको लागि मिति २०७०/०३/२४ मा महत्वपूर्ण अध्ययन एवं सुझाव प्रतिवेदन पेश गरेको देखिन्छ । उक्त अध्ययन प्रतिवेदनबाट बागेश्वरी मन्दिरको समग्र अवस्था झल्किन्छ ।
(ग) उच्च अदालतको फैसला (२०७३/०३/२२)
बागेश्वरी मंन्दिरको व्यवस्थापन तथा सर्वाङ्गीण विकासका लागि सार्वजनिक सरोकारको विषयमा अधिवक्ता लोक बहादुर शाह र बल बहादुर चन्दले जिल्ला प्रसासन कार्यालय बाँके, नेपालगंज उपमहानगरपालिका समेतलाई विपक्षी बनाई दायर गरेको परमादेश मुद्धामा उच्च अदालत नेपालगन्ज इजलास (तत्कालीन श्री पुनरावेदन अदालत नेपालगंज) बाट मिति २०७३/०३/२२ मा महत्वपूर्ण फैसला भएको देखिन्छ । सो फैसालामा मुलभूत रुपमा बागेश्वरी मन्दिरको हकहित र संरक्षणका लागि तपसील बमोजिमको आदेश र निर्देशन जारी भएको देखिन्छ : –
अदालतको पैmसलामा उल्लेखित मुख्य आदेश तथा निर्देशन :
(१) वागेश्वरी मन्दिरमा रहेको श्री सम्पतिको नियमित रुपमा अभिलेख राख्नु, राख्न लगाउनु,
(२) आयव्यवयको विवरण सार्वजनिक गर्नु गराउनु,
(३) मन्दिरको परिचय जानकारीपत्र वा पुस्तक प्रकाशन गर्नु गराउनु,
(४) मन्दिरको पूर्वतर्फ तलाउमा रहेको पूल यथासक्य छिटो पूर्ननिर्माण वा जिर्णोद्धार गर्नु गराउनु,
(५) मन्दिर परिसर र सो को वरपरको क्षेत्रलाई नियमित रुपमा सरसफाई गर्नु गराउनु,
(६) मन्दिर परिसरमा सार्वजनिक शौचालयको व्यवस्था गर्नु गराउनु,
(७) मन्दिरमा भक्तजनले चढाउने गरेको दान दक्षिणा तथा विशेष पूजा वापत प्राप्त हुने चल अचल सम्पतिलाई व्यवस्थित र एकिकृत गरी सो रकम मन्दिरको हितमा प्रयोग गर्नु गराउनु,
(८) माथि उल्लेखित कार्यहरु समयमा सम्पन्न भए नभएको निरन्तर रुपमा अनुगमन गर्न र गुठी संस्थान केन्द्रीय कार्यालयसँग समन्वयकारी भूमिकाका लागि सहायक प्रमुख जिल्ला अधिकारीको संयोजकत्वमा मालपोत कार्यालयका अधिकृत प्रतिनिधि र वागेश्वरी व्यवस्थापन समितिले खटाएको प्रतिनिधि समेत जना ३ को अनुगमन समिति गठन गर्नु,
(९) सहायक प्रमुख जिल्ला अधिकारी समेतले मिति २०७०।३।२० मा पेश गरेको प्रतिवेदन समेतलाई आधार मानी हाल सम्मको बागेश्वरी मन्दिरको नाममा रहेको चल अचल श्री सम्पति कहाँ के कस्तो अवस्थामा रहेको देखिन्छ ? सो सम्वन्धमा खोजीनीति गरी प्रत्येक ६÷६ महिनामा उक्त सम्पतिको र आय व्ययको अद्यावधिक विवरण सार्वजनिक गरी गराई सु–सूचित हुने प्रयोजनको लागि सो को जानकारी निवेदक र अदालत समेतलाई नियमित रुपमा पठाउने व्यवस्था गर्नु गराउनु,
(१०) बागेश्वरी मन्दिर राजगुठीको लगतमा दर्ता भएको भन्ने देखिंदा यो धार्मिक धरोहरको अझ बढी उचित बन्दोबस्त र सञ्चालन गर्ने गराउने तर्फ माथि उल्लेखित अनुगमन समिति सँग समेत समन्वय गरी व्यवस्थापन गर्नु गराउनु भनी गुठी संस्थान केन्द्रीय कार्यालय, काठमाण्डौमा र गुठी संस्थान (केन्द्रीय लगत तथा अभिलेख शाखा कार्यालय), भद्रकाली, काठमाण्डौको नाममा समेत निर्देशनात्मक आदेश जारी हुने ।
(४) वागेश्वरी गुठी व्यवस्थापन समितिको नयाँ गठन प्रक्रिया :
वि.सं.२०७४ साल भदौ १२ गतेका दिन नेपालगंज उपमहानगरपालिकाका प्रमुख डा. धवलसमशेर राणाको अध्यक्षतामा वसेको सर्वदलीय÷सर्वपक्षीय बैठकमा राजनीतिक दलका प्रमुख तथा प्रतिनिधि, तत्कालीन प्रमुख जिल्ला अधिकारी रमेश केसी, गुठी संस्थान संचालन समितिका केन्द्रीय अध्यक्ष लक्ष्मण ज्ञवाली र सदस्य ओम प्रकाश आजाद, जनप्रतिनिधि, नागरिक समाजका प्रतिनिधि, विभिन्न संघसंस्थाका प्रतिनिधि, उद्योगी व्यवसायी, पत्रकार तथा संचारकर्मी समेतको उपस्थिति रहेको थियो । सो बैठकबाट सवै पक्षको संस्थागत प्रतिनिधित्व हुने गरी सर्वसम्मत ढंगबाट वागेश्वरी मन्दिर गुठी व्यवस्थापन समितिको औपचारिक रुपमा गठन भई सो समितिको समर्थन र वैधानिकताको लागि गुठी संस्थानमा सिफारिश गरी पठाईएको थियो ।
गुठी संस्थान केन्द्रीय कार्यालयको मिति २०७४/०६/१० को निर्णयानुसार नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रमुख डा.धवल शम्शेर राणाको अध्यक्षतामा देहाय बमोजिमका पदाधिकारी तथा सदस्य रहने गरी ५ वर्ष सम्मको पदावधिको लागि श्री बागेश्वरी मन्दिर गुठी व्यवस्थापन समिति गठन गरी जानकारी गराईएको थियो ।
श्री बागेश्वरी गुठी व्यवस्थापन समिति, नेपालगन्ज
डा.श्री धवल समशेर राणा, अध्यक्ष प्रमुख नेपालगंज उपमहानगरपालिका
श्री विजय कुमार गुप्ता उपाध्यक्ष समाजसेवी/व्यवसायी
श्री गोपाल प्रसाद अधिकारी सचिव सामुदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र बाँके
श्री दिपक कुमार श्रेष्ठ कोषाध्यक्ष स्थानीय वडावासी
श्री उमा थापा मगर सस्दय उपप्रमुख नेपालगंज उपमहानगरपालिका
प्रतिनिधि÷अधिकृत सदस्य भूमि सुधार तथा मालपोत कार्यालय बाँके
श्री सुनिल सिंह हमाल सदस्य २ नं.वडा अध्यक्ष, नेपालगंज उपमहानगरपालिका
प्रतिनिधि÷अध्यक्ष सदस्य उच्च अदालत बार एशोसियसन,नेपालगंज
श्री चन्दननाथ योगी सदस्य मुल महन्त, बागेश्वरी मन्दिर
श्री नारद पुरी सदस्य दशनामी समुह ÷व्यवसायी
श्री नन्दलाल वैश्य सदस्य अध्यक्ष, नेपालगन्ज उद्योग वाणिज्य संघ
श्री ओम प्रकाश आजाद सदस्य केन्द्रीय सदस्य, गुठी संस्थान
श्री मधुसुदन शर्मा सदस्य लायन्स क्लव इन्टरनेशनल, डिस्ट्रिक ३२५ वि का गभर्नर
प्रतिनिधि÷अधिकृत सदस्य जिल्ला प्रशासन कार्यालय बाँके
वडाप्रहरी प्रमुख÷प्रतिनिधि सदस्य वडा प्रहरी कार्यालय, नेपालगंज
लोक बहादुर शाह अधिवक्ता कानूनी सल्लाहकार
भाग–२
श्री बागेश्वरी गुठी व्यवस्थापन समितिको आर्थिक अवस्था :
श्री बागेश्वरी गुठी व्यवस्थापन समिति गठन हुनुभन्दा पहिलेको र सो पश्चातको यस मन्दिरको आर्थिक अवस्था देहाय बमोजिम रहेको छ । साथै समितिको सम्पूर्ण आयव्ययको विवरण आ.व.०७४/०७५, ०७५/०७६ को लेखापरीक्षण प्रतिवेदनमा रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
(१) बैंक मौज्दात रकमको अवस्था (नयाँ व्यवस्थापन समिति आउनुभन्दा पहिले ) :
आ.वं. बैंक मौज्दात रकम रु. कैफियत
२०७३/०७४ रु.१६,३८,७८६।– २०७४ साल असार सम्म
२०७३/०७४ १२,००,०००।– फिक्स डिपोजिट
पुनश्च : नेपाल विद्युत प्राधिकरणलाई मन्दिरले विद्युत उपभोग गरे वापतको रु.१७,०८,१२३।– विद्युत महशुल तिर्न बुझाउन बाँकी वक्यौंता रहेको थियो ।
(२) बैंक मौज्दात रकमको अवस्था (नयाँ व्यवस्थापन समिति आएपछि ) :
आ.वं. बैंक मौज्दात रकम रु. कैफियत
२०७५/०७६ रु.२१,१०,१६५।–
२०७६ असार मसान्त सम्म
२०७५/०७६ १२,००,०००।– फिक्स डिपोजिट
पुनश्च : नेपाल विद्युत प्राधिकरणलाई मन्दिरले विद्युत उपभोग गरे वापतको रु.१७,०८,१२३।– विद्युत महशुल तिर्न बुझाउन बाँकी वक्यौता रहेकोमा सो सम्पूर्ण रकम भुक्तानी गरिएको र हाल नियमित रुपमा विद्युत महशुल बुझाउने गरिएको छ ।
(३) गरगहना :
(क) वागेश्वरी मन्दिरको सयौं वर्ष पूरानो दुईवटा तिजौरी मालपोत कार्यालयमा रहेका थिए । मिति २०७४/११/३० गते सो तिजौरी खोल्दा २० केजी ३०४ ग्राम चाँदी र सुनको तिलहरी, तामको रड, चाँदीको पाता, पोते माला पथ्थर समेत २५२ ग्राम ८०० मिलिग्राम (अं.दुई तोला सुन) फेला परेकोले सो सुनचादी समेत नेपाल बैंक लिमिटेडको लकरमा सुरक्षित साथ राखिएको छ ।
(ख) नयाँ व्यवस्थापन समिति आएपछि मन्दिर व्यवस्थापन समितिको कार्यालयमा मन्दिरको नाममा देहाय बमोजिमका सुनचाँदीका गरगहनाहरु प्राप्त भएका छन् ।
क्र.सं. चाँदीको गरहगहना था न
१ छत्तर ६
२ पाउदान १
३ बेलपत्र १
४ सिंहासन १
५ आखिया २
६ लक्ष्मीको मूर्ति १
७ गणेशको मूर्ति १
८ चाँदीको विन्दिया १
क्र.सं. सुनको गरहगहना थान
१ ऋाखिया २
२ नथुनी २
३ तार १
४ तिलहरी ४
५ विन्दीया १
भाग–३
बागेश्वरी मन्दिरका नाउँको अचल सम्पति सम्वन्धमा :
बागेश्वरी मन्दिरको चल अचल सम्पति खोजविन तथा संरक्षण गर्नको लागि व्यवस्थापन समितिको मिति २०७४÷०७÷०५ को बैठकले उमा थापा मगरको संयोजकत्वमा ५ सदस्सीय उप–समिति गठन गरेको थियो । उक्त समितिले बागेश्वरी मन्दिरको सम्पति खोजविनको लागि केन्द्रीय गुठी संस्थान, भूमि सुधार तथा मालपोत कार्यालय बाँके, नापी कार्यालय बाँके समेत संग समन्वय गरी आफ्नो कार्य अगाडि बढाएको छ । उक्त समितिले जग्गाको स्थलगत नीरिक्षण र अनुगमन समेत गरेको थियो । यस समितिले हालै नेपाल सरकार द्धारा गठित सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धी जाँचबुझ आयोग संग समेत समन्वय र सहकार्य गरी बागेश्वरी मन्दिरको सम्पतिको खोजविन र संरक्षण गर्ने कार्यमा क्रियाशील रहेको छ ।
यस समितिले हाल सम्म गरेको खोजविन बाट बागेश्वरी मन्दिरको अचल सम्पतिको देहाय बमोजिमको तथ्य प्राप्त हुन आएको छ । सो सम्वन्धमा थप सुझाव दिई उक्त कार्यमा सहयोग गरीदिनुहुन यहाँहरु सवैमा हार्दिक अपिल गर्दछौं ।
बागेश्वरी मन्दिरका नाउँको अचल सम्पतिको विवरण :
जग्गा धनीको नाम न.प./गा.वि.स. व.नं. कि. न. क्षेत्रफल कैफियत
श्री वागेश्वरी देवी
,,,
,,,
,,, खजुरा खुर्द
,,
,,,
,,, २
,,
,,
,, २४२
६
१०
७२ १,६६५५
०,१५१०
०,१७५०
०,४३२० मोही
सदा लोनीया
श्री वागेश्वरी देवी परसपुर ९ख ४ ०–३–१ मोही परसु चमार
श्री वागेश्वरी मन्दिर (मन्दिर यरिया) नेपालगंज
,, २
,, १६३
९० ४९५१.२५
७९३२.८८ मन्दिरको नाउँमा नापी भएको र पूर्जा लिने प्रकृयामा रहेको
बागेश्वरी गुठिको जग्गा मिति २०२७÷०९÷१३, २०२८÷०७÷१४, २०५७÷०६÷१७ को निर्णयानुसार बागेश्वरीको नाम कट्टा भई रैतान नम्वरी कायम भई हाल विभिन्न व्यक्तिको नाउमा कायम भएको, गुठीमा मालपोत सम्म आउने गरेको इन्द्रपुर ३ क दा.खा.नामसारी तथा रजिष्ट्रेशनको माध्ययमबाट लगभग ३०० जना भन्दा बढिको नाममा नामसारी भएको (८४–१०–१०) अध्ययन र छानविन विचाराधिन अवस्थामा रहेको
बागेश्वरी गुठीको उल्लेखित इन्द्रपुर गा.वि.स.अन्र्तगतको जग्गाको क्षेत्रफल :
(१) गुठीको साविक वि.सं.२००५ को लगतमा ९२ विगाहा ७ कठ्ठा ११ (९२।२।।।१) धुर रहेको,
(२) साविकको १९६८ को अठ्सट्टामा ९९ विगाहा देखिएको,
(३) नापी अनुसारको जग्गा ज.वि.८४–१०–१० रहेको देखिएको,
उल्लेखित ईन्द्रपुर गा.वि.स. अन्र्तगतको जग्गा संग सम्वन्धित प्राप्त भएका लिखतहरु ः
(१) कैफियत सहितको जग्गाधनी दर्ता प्रमाणपूर्जा (श्रेष्ता),
(२) हाल कायम रहेका जग्गाधनीको जग्गाधनी प्रमाणपूर्जा (लालपूर्जा)
(३) साविक फिल्डबुक,
(४) मन्दिरको नामबाट रैकरमा परिणत गर्ने गरी मिति २०५७/०६/१७ मा भएको निर्णय
सहितको फायल,
(५) मन्दिरको नामबाट रैकरमा परिणत गर्ने गरी मिति २०२७/०९/१३ र २०२८/०७/१४ मा भएको (श्रेष्ताको कैफियतमा उल्लेखित) निर्णय हाल सम्म प्राप्त हुन सकेको छैन । उक्त निर्णयहरु तथा जग्गा संग सम्वन्धित अन्य लिखतहरु खोजविनको क्रममा रहेको व्यहोरा जानकारीको लागि अनुरोध छ,
बागेश्वरी मन्दिर र सो को सम्पतिको सम्वन्धमा प्राप्त भएका प्राचीन लिखत :
(१) १९३६ सालको रणदिप सिंह राज बहादुर बाट भएको सदन ।
(२) १९५१ सालको देवशम्शेर बाट भएको सदन ।
(३) १९६६ सालको ले.क.कुमारजंग राणा बाट भएको सनद ।
(४) १९७१ सालको चन्द्र शम्शेर ज.ब.रा.बाट भएको सनद ।
(५) १९७८ सालको चन्द्र शम्शेर ज.ब.रा.बाट भएको सदन ।
(६) २००४ सालको नयाँ मुलुक गोश्वाराबाट भएको निर्णय ।
(७) २००४ सालको जनरल मोहन शम्शेर ज.ब.रा.बाट भएको आदेश ।
पुनश्च ः उल्लेखित सनद तथा आदेशहरु ऐतिहासिक र प्राचीन भएका कारण थप अध्ययनको लागि सरकारी सार्वजनिक र गुठी जग्गा संरक्षण सम्वन्धी जाँचबुझ आयोगले साथमा लिएको छ । सो लिखतको विषयमा अध्ययन पश्चात वागेश्वरी मन्दिरको जग्गा तथा अन्य विषय वस्तुका बारेमा समेत थप जानकारी हुने विश्वास गरेका छौं ।
भाग–४
बागेश्वरी मन्दिरको आय स्रोत :
यस मन्दिरको नियमित आयश्रोतको रुपमा मन्दिरको जग्गामा निर्मित सटर, पसलहरु भाडामा दिएवापत प्राप्त हुने भाडा रकम, मालपोत, वोटिङ्ग संचालन बाट प्राप्त हुने रकम, श्रदालु भक्तजन बाट प्राप्त हुने दान–दक्षिणा, सरकारी तथा गैरसरकारी निकाय एवं संघसंस्था बाट प्राप्त हुने आर्थिक सहयोग, व्यक्तिगत तथा संस्थागत रुपमा प्राप्त हुने आर्थिक सहयोग नै रहेको अवस्था छ ।
(१) अस्थायी फुल प्रसादी पसलको भाडा बहाल ः साविकमा मन्दिरको पूर्व तर्फ २० वटा अस्थायी प्रकृतिका फुल प्रसादी पसलहरु रहेका थिए । उक्त पसलहरु रु.६००।–देखि १६,००।– सम्ममा मासिक भाडामा दिने गरिएको थियो ।
(२) पक्की सटरको भाडा बहाल : हाल मन्दिरको उत्तर पूर्वपट्टी २० वटा नयाँ सटर निर्माण गरी मासिक रुपमा प्रति सटर रु.४,०००।– का दरले भाडा बहालमा दिईएको छ ।
(३) मन्दिरको उत्तर पूर्व पट्टी पुराना १३ वटा पसलहरु रहेका छन् । सो पसलहरु बाट प्रति पसल रु.४०००।– का दरले भाडा प्राप्त हुने गरेको छ ।
(४) नयाँ निर्माण हुने सटरको भाडा बहाल : मन्दिरको दक्षिण पश्चिम तर्फ साविकमा १६ वटा पूराना सटर पसल थिए । उक्त सटर पसलहरुको मासिक भाडा दर मासिक रु.२०००।– देखि रु.५०००।– सम्म रहेको थियो ।
सो सटर पसलहरु पुरानो भई जिर्ण अवस्थामा रहेका थिए । त्रिवेणी मोडदेखि बागेश्वरी मन्दिर हुँदै घरवारीटोल जाने बाटो विस्तारको क्रममा सडक मापदण्डभित्रको संरचना खाली गर्नुपर्ने भएका कारण उक्त सटर पसल भत्काउनु पर्ने बाध्यता रह्यो ।
बागेश्वरी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र वातावरणीय पक्षमा नकारात्मक असर नपर्ने गरी र वागेश्वरी मन्दिरको सुरक्षा सम्वेदनशीलता एवं गोपनीयता समेतलाई दृष्टिगत गरी पहिले सटर पसल रहेकै स्थानमा (मन्दिर तर्फ केही एरिया बढ्ने गरी) १७ वटा पक्की र व्यवस्थित भूईतले सटर निर्माण गर्नको लागि ठेक्का सम्झौता समेत भईसकेको छ ।
उक्त नयाँ निर्माण गरिने सटर पसलमा पहिले देखि बसीरहेका व्यवसायीलाई नै प्राथमिकता दिई उक्त व्यवसायिले सटर निर्माणका लागि अग्रिम रुपमा रु.२,००,०००।– का दरले रकम समेत दाखिला गरीसकेका छन् ।
नयाँ सटर निर्माण पश्चात १६ वटा सटरको मासिक रु.१०,०००।– र एउटा सटरको मासिक रु.५१,१००।– कायम गरीएको छ । उक्त सटर पसल बाट मासिक रुपमा रु.२,११,१००।– भाडा बहाल प्राप्त हुने भएका कारण मन्दिरलाई आर्थिक रुपमा सबल बनाउन सहयोग पुग्ने देखिन्छ ।
(४) बोटिङ्ग संचालन : नयाँ व्यवस्थापन समिति गठन भईसकेपछि मन्दिर परिसरमा रहेको तलाउमा ठेक्का सम्झौता मार्फत बोटिङ्ग संचालन गरिएको छ । उक्त बोटिङ्ग संचालन वापत मासिक रुपमा रु.४१,०००।– आम्दानी हुने गरेको छ ।
(५) दानपेटिका : बागेश्वरी मन्दिरको बाहिर पट्टी चार र भित्र एक गरी जम्मा ५ दानपेटिका रहेका छन् । सो मध्ये बाहिर रहेको दुईवटा दानपेटीका व्यवस्थापन समिति र मूल महन्तले संयुक्त रुपमा खोली सो दानपेटिकामा रहेको दान दक्षिणा मध्ये ७५ प्रतिशत व्यवस्थापन समितिले र २५ प्रतिशत मूल महन्तले लिनपाउने गरी साविकमा नै निर्णय भएको थियो । सो निर्णय बमोजिम उक्त दानपेटिका खोल्दा जम्मा रु.८६,१६०।–दान दक्षिणा यस समितिलाई प्राप्त हुन आएको थियो ।
(६) मालपोत : साविकमा बागेश्वरी गुठीका नाउँमा रहेको बाँके ईन्द्रपुर गा.वि.स. अन्र्तगतको जग्गाको मालपोत वापत वार्षिक रुपमा रु.१०,०५४।– प्राप्त हुने गरेको छ ।
(७) दान, दक्षिणा : नयाँ व्यवस्थापन आईसकेपछि विभिन्न भक्तजनहरुबाट नगद रकम रु.५७,५००।– मन्दिरलाई प्राप्त भएको छ
(८) विविध आम्दानी : सहायक प्रमुख जिल्ला अधिकारी चक्रपाणी पाण्डे समेतले मिति २०७०/३/२४ मा पेश गरेको अध्ययन प्रतिवेदन अनुसार देहाय बमोजिमको दस्तुर कायम गरी सो मध्ये केही रकम मन्दिरलाई र केही रकम महन्तले पाउने सुझाव पेश गरिएको र सोही सुझाव अनुसार मिति २०७०/११/२९ मा व्यवस्थापन समितिले निर्णय गरी कार्यान्वयन हुदै आएको व्यहोरा जानकारीको लागि अनुरोध छ ।
आम्दानीको विवरण र प्राप्त हुने रकम
क्र.सं. पुजापाठ आदि रकमको दर मन्दिरले पाउने रकम मुल महन्त, महन्तहरुले पाउने रकम
१ खुला दर्शन २५१।– ७०।– १८१।–
२ ी ववाह ५५५।– ३५०।– २०५।–
३ बर्तबन्ध ३०५।– १७५।– १३०।–
४ पंचवली ५५१।– ३५०।– २०१।–
५ विशेष पूजा २०५१।– देखि माथि २५ प्रतिशत ७५ प्रतिशत
६ बली २०५।– ५५।– १५०।–
७ ठूलो गाडी पूजा ११०१।– ७५ प्रतिशत २५ प्रतिशत
८ सानो गाडी ५५१।– ७५ प्रतिशत २५ प्रतिशत
९ मोटरसाईकिल २५१।– ७५ प्रतिशत २५ प्रतिशत
भाग–५
वागेश्वरी मन्दिरको व्यवस्थापन, संरक्षण र सुरक्षा :
(१) बागेश्वरी मन्दिरको तिजौरी खोली व्यवस्थापन : बागेश्वरी मन्दिरको दुईवटा तिजौरीहरु मालपोत कार्यालयमा रहेका थिए । उक्त तिजौरीको खोजविन गरी सरोकारवाला निकाय सवैको रोहबरमा सार्वजनिक रुपमा मिति २०७४÷११÷३० मा दुवै तिजौरी खोली अभिलेखिकरण र सार्वजनिकिकरण गरिएको थियोे । उक्त दुईवटा तिजौरी मध्ये एउटामा मालपोत कार्यालयको रसिदको अर्धकट्टी र एउटामा २० केजी ३०४ ग्राम चाँदी र अं.दुईतोला सुन तथा अन्य वस्तुहरु (मुर्ति, सिक्का आदि) समेत फेला परेका थिए । सो तिजौरी बाट प्राप्त हुन आएको सम्पूर्ण गरगहना तथा अन्य वस्तुहरु विवरण सहित नेपाल बैंक लिमिटेडको लकरमा सुरक्षित राखिएको छ । उक्त पुरातात्विक महत्वको उक्त तिजौरी समेत मन्दिर परिसरमा ल्याई सुरक्षित राखिएको छ ।
(२) दानपेटिका : नयाँ व्यवस्थापन समिति आईसकेपछि दुईवटा दानपेटिका राखिएको छ ।
(३) सार्वजनिक सूचना : मन्दिरलाई प्राप्त हुने दान दक्षिणा, विभिन्न पूजा शुल्क वापतको रकम र जम्मा गर्ने प्रकृयाका विषयमा पारदर्शिताका लागि मन्दिर परिसरमा सार्वजनिक सूचना जारी गरिएको छ ।
(४) कार्यालय व्यवस्थापन: व्यवस्थापन समितिको बैठक वस्न तथा अन्य बैठक एवं कार्यालय सन्चालनको लागि उपयुक्त व्यवस्था गरिएको छ ।
(५) जेष्ठ नागरिक व्यवस्थापन :– लामो समयदेखि मन्दिर परिसरमा अव्यवस्थित रुपमा वस्ने गर्नुभएका असहाय, अशक्त एवं जेष्ठ नगारिकहरुलाई निल सागर असाय असक्त तथा जेष्ठ नागरिक केन्द्र नामक गैरसरकारी संस्था संग समन्वय र सहकार्य गरी ४० जना लाई उक्त केन्द्रमा सुरक्षित व्यवस्थापन गरिएको छ ।
(६) अव्यस्थित रुपमा रहेका पसल हटाई व्यवस्थित गरिएको : मन्दिरको पूर्वतर्फ अव्यस्थित रुपमा रहेका २० वटा अस्थायी प्रकृतिका पसलहरु हटाई मन्दिर परिसरलाई व्यवस्थित, सुरक्षित र फराकिलो पार्दै स्थायी प्रकृतिको सटरहरु निर्माण गरी व्यवस्थित गरिएको छ ।
(७) निशुल्क वाईफाई जोन : बागेश्वरी मन्दिर परिसरमा निःशुल्क वाईफाई जोनको व्यवस्था गरिएको छ ।
(८) सिसिटिभीको व्यवस्था : मन्दिर परिसरमा हुन सक्ने चोरी तथा अन्य गैरकानूनी कार्यलाई नियन्त्रण गरी सुरक्षाको अनुभूति दिलाउनको लागि सामूदायिक सेवा केन्द्र तथा सामूदायिक प्रहरी सेवा केन्द्र बाकेले ८ वटा सिसिटिभी क्यामेरा जडान गरिदिएको र सो को मर्मत सम्भार तथा संरक्षण यस व्यवस्थापन समितिले गर्दै आईरहेको छ ।
(९) रंगरोगन र मर्मत सम्भार : मन्दिर परिसरमा देहाय बमोजिमका रंगरोगन तथा मर्मत सम्भारका कार्यहरु गरिएको अवस्था छ । साथै नियमित रुपमा मन्दिरको सरसफाईको समेत व्यवस्था मिलाईएको छ ।
(क) मूल मन्दिरको भित्र, बाहिर, वरण्डामा र विवाह मण्डप समेतमा रंगरोगन गरिएको,
(ख) मन्दिरमा टायल र ग्रेनाइट विछ्याईएको,
(ग) पार्क क्षेत्रमा रहेको सुलभ शौचालय मर्मत गरिएको,
(घ) मन्दिर परिसरमा रहेको चौतारा तथा कम्पाउण्डको मर्मत गरिएको,
(ड.) जुगे महादेवको मन्दिर जाने प्रवेशद्धारको उत्तर दक्षिण तर्फको र्यालिङ्गको मर्मत र
सुधार गरिएको,
(१०) भाडा बहालमा रहेका विभिन्न व्यक्तिहरु बाट वर्षौ देखि पाउनु पर्ने भाडा बहाल रकम असूल उपर गरिएको,
भाग–६
वागेश्वरी मन्दिर परिसरमा निर्माण कार्य र खर्चको विवरण :
(१) मन्दिरको पूर्व उत्तरतर्फ २० वटा सटरहरु निर्माण गरी भाडामा दिईएको छ ।
(२) मन्दिरको पूर्वतर्फ पार्क परिसरमा सत्संग भवन निर्माण गरिएको छ ।
(३) उल्लेखित सटर निर्माण, सत्संग भवन, माटो पटान, चिल्डे«न पार्क मर्मत समेतमा जम्मा रु.११,१६,९९५ लगानी÷खर्च भएको थियो । अन्य रकम रु.३२,२२,८५०।– नेपालगन्ज उपमहानगरपालिकाले सहयोग गरेको थियो ।
(४) मन्दिरको दक्षिण पश्चिम तर्फ १७ वटा सटर पसलहरु निर्माण गरिने र सो निर्माण कार्यको लागि रु.९३,८६,५९३÷०८ लगानी÷खर्च हुने गरी सम्झौता भईसकेको छ ।
(५) मन्दिरको पूर्वतर्फ रहेको पार्क परिसरमा सरस्वती मन्दिर स्थापना प्रकृयामा रहेको छ ।
भाग–७
धार्मिक, सांस्कृतिक तथा स्वागत कार्यक्रम :
(१) मिति २०७४÷१०÷०५ नेपाल राष्ट्रका प्रथम ऐतिहासिक जगत गुरु अनन्त श्री विभुषद बाल सन्त मोहन शरण देवाचार्य महाराजको स्वागत तथा अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको थियो ।
(२) मिति २०७५÷१२÷१९ मा नेपाल सरकार प्रदेश नं.५ की भूमि कृषि तथा सहकारी मन्त्री आरती पौडेलज्यू र कृषि सहकारी सचिव यम नारायण पौडेल समेतको स्वागत तथा अन्र्तरक्रिया कार्यक्रममो आयोजना गरिएको थियो ।
सो कार्यक्रममा मन्त्रीज्यूबाट बागेश्वरी मन्दिरको वृहत्तर हितको लागि आवश्यक सहयोग गर्ने प्रतिवद्धता समेत जाहेर भएको थियो ।
(३) मिति २०७६÷०२÷२२ मा नेपालका राष्ट्रपती श्री विद्या देवी भण्डारीज्यू बागेश्वरी माताको दर्शन तथा अवलोकनको क्रममा वागेश्वरी मन्दिरमा आउँदा स्वागत गरिएको थियो ।
(४) रामनवमी, दशै, तिहार, तीज लगायतका नियमित धार्मिक तथा सांस्कृतिक पर्वहरुमा नियमित रुपमा कार्यक्रमको आयोजना र व्यवस्थापन गर्ने गरिएको छ ।
(५) वागेश्वरी मन्दिरको दर्शन गर्न र अवलोकन गर्नको लागि मन्दिरमा आउनुहुने नेपाल तथा नेपाल बाहिर बाट आउनु हुने उच्चपदस्थ पदाधिकारी, विशिष्ट व्यक्तित्व, धार्मिक गुरुजनहरु समेतको आगमनको बारेमा जानकारी भएका खण्डमा व्यवस्थापन समिति तथा मूलमहन्त समेतबाट स्वागत, सत्कार र सम्मान गर्ने गरिएको छ ।
भाग–८
समिति, तथा उप–समितिहरु :
वागेश्वरी मन्दिरको संचालन र व्यवस्थापन गर्न, मन्दिरको चल अचल सम्पतिको खोजविन गरी संरक्षण गर्न, मन्दिरको प्रचार प्रसार गर्न, मन्दिर परिसरको व्यवस्थापन गर्न, मन्दिरको भौतिक अवस्थाको सुधार गर्न समेतको लागि हाल देहाय बमोजिमका वागेश्वरी गुठी व्यवस्थापन समिति तथा उपसमितिहरु गठन भएका छन् :
(१) सम्पति खोजविन उप समिति :
नाम पद प्रतिनिधित्व संस्था
उमा थापा मगर संयोजक उपमेयर नेपालगंज उपमहानगरपालिका
गोपाल प्रसाद अधिकारी सदस्य सचिव, बागेश्वरी गुठी व्यवस्थापन समिति
बल बहादुर चन्द सदस्य बार प्रतिनिधि, बाँके
प्रमुख वा प्रतिनिधि अधिकृत सदस्य जिल्ला प्रशासन कार्यालय ,बाँके
प्रमुख वा प्रतिनिधि अधिकृत सदस्य भूमि सुधार तथा मालपोत कार्यालय बाँके
(२) व्रोसर (परिचयपत्र) प्रकाशन उपसमिति :
नम पद
मूल महन्त चन्द्रनाथ योगी संयोजक
लोक वहादुर शाह सदस्य
राज कुमार सुवेदी सदस्य
जिल्ला प्रशासन कार्यालय सदस्य
भूमि सुधार तथा मालपोत कार्यालय सदस्य
(३) मन्दिर परिसरको व्यवस्थापन उपसमिति :
नम पद
मधुसुदन शर्मा रिजाल संयोजक
सुनिल सिंह हमाल सदस्य
दिपक कुमार श्रेष्ठ सदस्य
(४) मन्दिरको भौतिक व्यवस्थापन सुधार उपसमिति :
नम पद
विजय गुप्ता संयोजक
ओम प्रसाद आजाद सदस्य
नारद पुरी सदस्य
मधुसुदन शर्मा रिजाल सदस्य
सुनिल सिंह हमाल सदस्य
(५) प्रतिवेदन तयारी समिति :
नम पद
गोपाल प्रसाद अधिकारी संयोजक
ओम प्रकाश आजाद सदस्य
लोकबहादुर शाह सदस्य
भाग–९
कार्यरत कर्मचारीहरु :
कार्यरत कर्मचारीहरुको विवरण :
नम पद
राजु केसी कार्यालय प्रमुख
आनन्द गिरी कार्यालय सहयोगी
उमेशनाथ योगी कार्यालय सहयोगी
दिपकनाथ योगी सरसफाई (ज्यालादारी)
पिन्सु वाल्मीकी सरसफाई (ज्यालादारी)
मनोज बाल्मीकी सरसफाई (ज्यालादारी)
भाग –१०
आर्थिक सहयोग प्राप्त र प्रदान : –
यस मन्दिरको विकास तथा व्यवस्थापनका लागि यस समितिलाई देहाय बमोजिमका संस्था तथा व्यक्तिहरुबाट विभिन्न सहयोग प्राप्त भएको छ ।
(१) दिवाकर खनालज्यू बाट रंगरोगन, गे्रेनाइट र टाएल उपलब्ध भएको ।
(२) संजय कुमार अग्रवालज्यू, जय मंगलम सिमेन्टबाट मन्दिर र मन्दिर परिसरको रंगरोगन तथा मन्दिर परिसरमा मर्मरत भएको ।
(३) नेपालंगंज उपमहानगरपालिका बाट निर्माण कार्यमा सहयोग भएको ।
(४) गोपाल हलवाईज्यूले नगद रु.१,११,१११।– आर्थिक सयोग प्रदान गर्नुभएको
(४) चन्द्र शेखर पाण्डेज्यूले नगद रु.१,०५,०००।– आर्थिक सहयोग प्रदान गर्नुभएको ।
(५) हनुमान गढी मन्दिरमा विद्युतको बाँकी बक्यौता बुझाई विद्युतलाई सूचारु गर्नको लागि रु. १,८४,६१२।– ( एकलाख चौरासी हजार छ सय बारह) सहयोग गरिएको ।
भाग–११
भावी योजना :–
बागेश्वरी मन्दिरको ऐतिहासिक, धार्मिक, सांस्कृतिक र पर्यटकीय महत्वलाई हृदयंङ्गम गर्दै यस पूर्व तत्कालीन जिल्ला विकास समितिको कार्यालय बाँकेले वि.सं.२०७१÷०७२ सालमा तयार गरी मिति २०७२÷६÷२० मा अनुमोदन गरिएको बागेश्वरी मन्दिरको गुरुयोजना, जुंगे महादेवको मन्दिर निर्माण सम्वन्धी यस पूर्व तयार भएको गुरुयोजना, गुठी संस्थान तथा पुरातत्व विभागको निर्देशन, प्रचलित कानूनी व्यवस्था, सरोकारवाला सवैको सल्लाह सुझाव र आवश्यक्ता बमोजिम बागेश्वरी मन्दिरको समग्र विकासका लागि सरोकारवाला निकाय तथा व्यक्ति समेत संग समन्वय र सहकार्य गर्दै देहाय बमोजिमको योजना बनाई क्रमशः लागू गर्दै जाने भावी योजना र लक्ष रहेको व्यहोरा जानकारी गराउदै सो विषयमा यहाँको थप अमूल्य राय सुझावको अपेक्षा समेत गरेका छौं ः
(१) प्रत्येक ६÷६ महिनामा वागेश्वरी मन्दिरको आयव्यय समेतको बारेमा सार्वजनिकरण गर्ने,
(२) बागेश्वरी मन्दिरको चल÷अचल सम्पतिको संरक्षण गर्ने,
(३) बागेश्वरी मन्दिरको नाउँमा प्राप्त हुने सम्पूर्ण रकम मन्दिरकै हकहितमा प्रयोग गर्ने,
(४) बागेश्वरी मन्दिरको हरेक कामकारवाहीहरु पारदर्शी र व्यवस्थित रुपमा राख्ने,
(५) बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको तलाउको सुद्धिकरण गर्ने,
(६) बागेश्वरी मन्दिरको पूर्वतर्फ रहेको बाल उद्यान (चिल्ड्रेन पार्क) लाई आधुनिकरण र व्यवस्थित रुपमा संचालन गर्ने,
(७) जुंगे महादेवको मन्दिरको पूर्ननिर्माण गर्ने,
(८) बागेश्वरी मन्दिरमा प्रवेश गर्ने प्रवेशद्धार, श्रद्धालु भक्तजन वस्ने प्रतिक्षालय आदिको निर्माण र व्यवस्थापन गर्ने,
(९) नियमित रुपमा सन्ध्याकालीन आरती लगायतका धार्मिक प्रवर्चन कार्यक्रम संचालन गर्ने,
(१०) मूल महन्तको कार्यालय, विशिष्ट अतिथि कक्ष, सत्संग भवन, आश्रम, सार्वजनिक शौचालय आदिको निर्माण गर्ने,
(११) बागेश्वरी मन्दिरको महत्वका बारेमा प्रचार प्रसार गर्ने,
(१२) दान दक्षिणाको रकमलाई क्रमशः व्यवस्थित गर्दै लैजाने,
(१३) बागेश्वरी विकास कोष स्थापनाको लागि आवश्यक पहल गर्ने,
।। जय वागेश्वरी माता ।। जय बागेश्वरी मन्दिर ।।
धन्यवाद ।।