काठमाण्डौ-बैंक अफ काठमाडौंमा सिइओ सहित केही कर्मचारीको मिलेमतोमा ठुलो घटना पर्दाफास भउको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले नक्कली धितोमा कर्जा दिएको तथ्य भेटेपछि बेंकका तत्कालीन सिइओ सहित ११ जना पक्राउ परेका छन् । फरक फरक ठाउँ र समयमा उनीहरुलाई पक्राउ गरिउको हो । घटना अचम्मको छ । खोला भित्रको जग्गा धितो राखेर पाँच करोड कर्जा दिइएको छ । कर्जा लिने व्यक्तिलाई पनि प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी) ले पक्राउ गरेको छ । नक्कली धितोमा ऋण लिएको अभियोगमा प्रहरीले बैंक अफ काठमाण्डूका तत्कालीन सीईओ अजय श्रेष्ठसहित ११ जनालाई पक्राउ गरेको हो । स्रोतका अनुसार यति मोटो रकम कर्मचारीले मात्रै स्वीकृति गर्न सक्ने अबस्था हुँदैन, सिइओको हत रहेको छ ।
अरु पक्राउ पर्नेमा ऋणी सुरेन्द्र श्रेष्ठ, बैंकका कर्मचारीहरू शुष्मा शाह, विक्रम पन्त, किरण बोहोरा, ऋचा श्रेष्ठ, पुष्पराज भण्डारी रहेको बताइएको छ । उनीहरुमध्ये जना बैंकका बैंकका बहालवाला कर्मचारी छन् । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो ९सीआईबी० ले नक्कली धितोमा कर्जा दिएको तथा अति कम्जोर खोलाको जग्गा धितोमा ठुलो रकम दिएको अभियोग लगाएको छ । खोलाभित्रको जग्गा धितो राखेर कर्जा स्वीकृत गरिएको अनुसन्धानमा देखिएको बताइएको छ । थप अनुसन्धानका लागि पक्राउ गरिएको हो । खोलाको जग्गामा ५ करोड रुपैयाँ रकम कर्जा स्वीकृत भएको र सो समय उनी सिइओ थिए ।
यसअघि बैंकिङ कसुरको घटनामा किष्ट बैंकका सिइओ कमल ज्ञवाली कार्यकालको अवधिमै पक्राउ परेका थिए । यसरी पक्राउ पर्ने सिइओमा उनी पहिलो व्यक्ति थिए । पछिल्लो समय बैंकिङ कसुरमा धेरै मुछिन थालेका छन् । यस्तै घटनामा प्रदेश मन्त्री पनि कार्यकालमै पक्राउ परिसकेका छन् । यो घटनामा बैंक अफ काठमाडौंको एउटा टिम नै लागेको देखिन्छ ।